खोजि गर्नुहोस..

२४ करोड बढी कारोबार गर्दै बाँसगढी पिपलबोटको साधारण सभा सम्पन्न

मंसिर ३० गते
बाँसगढी पिलबोट बचत तथा ऋण सहकारी संस्थाले २४ करोड बढीको कारोबार गरेको छ । संस्थाको १५औँ कार्षिक साधारण सभामा कोषाध्यक्ष बद्री बरालले आर्थिक बर्ष २०७९।०८० मा २४ करोड ९ लाख ७ हजार १ सय १४ रुपैँया बराबरको कारोबार सहितको आयव्यय प्रस्तुत गर्नुभएको थियो । बरालद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार गत आर्थिक बर्षमा ११ करोड ८० लाख ७३ हजार १ सय ४० रुपैँया संस्थाको दायित्व पुजी पुँजी, २ करोड ६९ लाख ६५ हजार कुल शेयर पूँजी र १ करोड ६४ लाख ५५ हजार ७ सय १४ रुपैँया संस्थाले आम्दानी गरेको छ ।

संस्थाको आम्दानी मध्य १ करोड ६ लाख ७१ हजार ८ सय ७१ रुपैँया खर्च गरेको र ५४ लाख ९४ हजार ६ सय ९३ रुपँैया शुद्ध नाफा गर्न सफल भएको संस्थाका कोषाध्यक्ष बरालले बताउनु भयो । साधारण सभाको प्रमुख अतिथिको आसनबाट बोल्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खडकाले युवाहरुलाई स्वरोजगार बनाउन बिभिन्न सहकारी संस्थाहरुसंग समन्वय गरी ० प्रतिशत व्याजदरमा १ करोड रुपैँया सहकारीहरुलाई दिने र सहकारीहरुले आफ्ना शेयर सदस्यलाई १ प्रतिशतमा ऋण लगानी गरेर सहुलियत दिने उद्घोष गर्नुभयोे । नगरले उत्पादन छ साथमा अनुदान छ हातमा भन्ने नारा सहित प्रतिफल आउने गरी काम गरिरहेको समेत नगर प्रमुख खड्काको भनाई थियो ।

नगर प्रमुख खड्काले हाल सम्म नगरले सत प्रतिशत कृषि बिमा गर्नेुका साथै, एक वडा एक उत्पादनको निति लिएको र प्रति सुत्केरी पशुलाई सुत्केरी भत्ता स्वरुप २ हजार, बंगुर, खसी बोका उत्पादन गरी बेच्ने कृर्षकलाई प्रतिकेजी १० रुपैँया र कुखुराको प्रति चल्लामा २ रुपैँयाका दरले अनुदान दिने गरेको बताउनु भयो । १३ सय ७ जना शेयर सदस्य रहेकोमा संस्थाले बार्षिक साधारण सभाको अवसरमा धेरै बचत गर्ने शेयर सदस्य, समयमा बचत र ब्याज बुझाउने असल ऋणी र १ लाख शेयर पूजी बनाउने शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । बाँसगढी पिलबोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको १५ औँ बार्षिक साधारण सभामा बाँसगढी ३,४,५ र ६ का वडाअध्यक्ष, राजनितिक दलका प्रतिनिधिहरु, सहकारी संस्थाका पदाधिकारी, लेखा समितिका सदस्यहरु लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक पूर्ण बहादुर ओलीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *