खोजि गर्नुहोस..

अन्नपुर्ण बचत तथा ऋण सहकारी सस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न

बिन्दु चौधरी
अन्नपुर्ण बचत तथा ऋण सहकारी सस्थाले एक आर्थिक वर्षमा ९ करोड १२ लाख बराबरको आर्थिक कारोबार गरेको छ । बासँगढी नगरपालिका ४ मतरियामा रहेको सहकारी सस्थाको गत आर्थिक वर्ष २०७९÷०८० मा ९ करोड १२ लाख ७६ हजार ३६ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । संस्थामा गत असार मसान्तसम्ममा सदस्यता लिएका ८ सय ९७ सदस्यहरुको शेयर पुँजी ६५ लाख ४० हजार ३०० रुपैयाँ पुगेको छ भने संस्थाको कुल ऋण लगानी ३ करोड ९५ लाख ४१ हजार ५ सय ५५ रुपैया र बचत रकम ३ करोड २१ लाख ४४ हजार ८ सय ४० रुपैया रहेको छ ।

उक्त सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा ६८ लाख ४५ हजार ९ सय ९३ रुपैया आम्दानी गर्न सफल भएको सहकारीका सचिव फणिन्द्र प्रसाद ढुंगानाले बताउनु भयो । सभामा सस्थाका अध्यक्ष प्रेम गिरीले सहकारीले कृषि, पशुपालन, व्यापार व्यवसाय र स सानो उद्योगहरु सञ्चालनका लागि लगानी गरी नागरिकको जिवीकोपार्जन र आयस्तरमा वृद्धि गर्न सघाउँदै आएको उहाँले बताउनुभयो । संस्थाको २६ औं बार्षिक साधारण सभाका प्रमुख अथिती बासँगढी नगरप्रमुख खड्क बहादुर खड्काले सहकारी सस्थालाई उद्यमशिलतामा बढि लगानी गरी स्वरोजगार सिर्जना गर्न तर्फ जोर दिनुभएको थियो ।

उहाँले बाँसगढी नगरपालिकाले एक करोड लगानीमा सहकारी सस्थाहरुसंग सहकार्य गरी उद्यमशिलता विकासका कार्यक्रम नगरपालिकाले ल्याएकोले त्यो कार्यक्रममा सहभागिहुन अनुरोधसमेत गर्नुभयो । त्यस्तै सस्थाले विभिन्न ७ विधामा सम्मान तथा पुरस्कार समेत प्रदान गरेको थियो । जेष्ठ नागरिक सम्मानमा ३ जना, असल बचत कर्ता ३ जना, बचत परिचालन कर्ता ३ जना, सबै भन्दा बढि नियमित बचत कर्ता ३ जनालाई दोसल्लासहित प्रमाण प्रत्रले सम्मान गरेको थियो । त्यसैगरी असल उद्यमी ब्यवसायी कर्ता ३ जना, सबै भन्दा बढि बाल बचतकर्ता ३ जना र एसईईमा सर्वोकृष्ट अंक ल्याउने सामुदायिक विद्यालय र निजी विद्यालय गरी १।१ जना विद्यार्थीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *