खोजि गर्नुहोस..

बाँसगढीमा सवारी चेक जाँचमा कडाई सँगै सचेतना मुलक कार्यक्रम तिव्र


रावन विश्वकर्मा, बाँसगढी, बर्दिया


बर्दियाको बाँसगढी क्षेत्रमा सडक दुर्घटना न्युनिकरणका लागि चेक जाँच सँगै सचेतना मुलक कार्यक्रमलाई तिव्र पारिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ बाँसगढी क्षेत्रमा नियमित दैनिक चेक जाँचमा कडाई गर्दै सचेतना मुलक कार्यक्रमलाई समेत तिव्र पारिएको हो । सवारी चालक, सह चालक, सवारी धनी, पैदल यात्री, विद्यार्थी र स्थानिय सँगै सडक प्रयोगकर्तालाई सडक सुरक्षा, ट्राफिक नियम, चिन्ह तथा संकेतहरु, सवारी चलाउदा र यात्रा गर्दा अबलम्बन गर्नु पर्ने सुरक्षा सतर्कता सम्बन्धी विद्यालय, बजार तथा चोकहरुमा सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ ।

सोही कार्यक्रम अनुसार शनिबार पुर्वपश्चिम राजमार्ग अन्तर्गत लखना चोकमा दुर्घटना न्युनिकरणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । सवारी चालक, सहचालक, अटो रिक्सा चालक लगायत स्थानियहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक शैलेश्वरी बोहोरा र अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढीका प्रमुख प्रहरी सहायक निरिक्षक दिपक थापाले सडक सुरक्षा र ट्राफिक नियमका बारेमा जानकारी दिनुभएको थियो ।

सवारी चालक तथा सडक प्रयोगकर्ताले पालना गर्नु पर्ने नियम, अपनाउनु पर्ने सावधानी र ध्यान दिनु पर्ने कुराका बारेमा सवारी चालक तथा सडक प्रयोगकर्तालाई कार्यक्रम मार्फत सचेत पारिएको प्रहरी साहयक निरिक्षक दिपक थापाले बताउनु भयो । बाँसगढी क्षेत्रमा बिहान ७ बजे देखी १० बजे सम्म, दिउसो २ बजे देखी ५ बजे सम्म नियमित सवारी चेक जाँचमा कडाई सँगै बेलुका ६ बजे देखी ९ बजे सम्म नियमित मापसे चेक जाँच गरिदै आएको अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढीका प्रहरी हवल्दार शान्त बहादुर वलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *