खोजि गर्नुहोस..

राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित स्थानिय अधिकार कार्यक्रमको सामाजिक लेखा परिक्षण

बिन्दु चौधरी, मंसिर २८ गते
राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित स्थानिय अधिकार कार्यक्रमको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । बाँसगढीमा भएको सामाजिक लेखा परिक्षण आयोजित कार्यक्रममा सरोकारवाला निकायका कर्मचारीहरु, स्थानीय सरकारका प्रतिनिधिहरु, सेवाग्राहीहरु र संचारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक जीतराम चौधरीले कार्यक्रमको उदेश्यबारे जानकारी गराउनु भएकोथियो । स्थानिय अधिकार कार्यक्रम अन्तरर्गत बाँसगढी नगरपालिका २,३, ६, ८, र ९ वडाका गरिव, विपन्न, पछाडी पारिएका समुदाय अपांगता भएका ब्यक्ति भुमिहिन, महिला लगाएत लक्षित वर्गहरुका लागि कार्यक्रम गर्दैआएको बताउनुभयो । उहाँले लैगिंक उत्तरदायी गुणस्तरीय सार्वजनिक सेवा र न्यायपुर्ण शासनको प्रवद्र्धन मार्फत गरिवी, साना किसान र जोखिममा परेका घरपरिवारको सुधारको लाग योगदान पुर्याउने परियोजनाको लक्ष्य रहेको जानकारी दिनुभयो ।

त्यसैगरी सामाजिक लेखा परिक्षणको सहजीकरण पत्रकार लक्षमण ढुंगानाले गर्नुभएको थियो । कार्यक्रममा पछिल्लो एक वर्षमा जलवायुमैत्री कृषि तथा गैरकृषि कार्यका लागि वित्तिय सहयोगमा साना किसानहरुको पहुच बृद्धि, महिलामैत्री उत्पादन तथा बजार प्रबद्र्धन, महिलाहरुको हेरचाहमुलक कार्यको विकल्पको खोजी तथा प्रबद्र्धन, युवा तथा महिलाहरुका लागि नेतृत्व विकास तालिम, किसान सुचिकरण र वर्गीकरणका लागि स्थानिय सरकारलाई सहयोग, बालबालिकाहरुको समावेशी र सुरक्षित सिकाई बातावरण निर्माण, शिक्षण सुरधारका लागि शिक्षक, विद्यालय ब्यवस्थापन समिती, अभिभावकहरुको क्षमता अभिबृद्धि, बाल क्लव, किशोरी क्लव सवलीकरण लगाएतका महिला तथा बालबालिका क्षेत्रमा बढि भन्दा बढि कायक्रम गरेको छ ।

केन्दको स्थानिय अधिकार कार्यक्रम अन्तरर्गत २०२३ को लागि जम्मा ९० लाख बजेट विनियोजन भएको थियो । जसमा ५३ लाख ८३ हजार ६ सय ४१ रुपैया खर्च गरिसकेको छ, भने ३६ लाख १६ हजार ३ सय ५९ रुपैया खर्च हुन बाकी रहेको सामाजिक लेखा परिक्षण कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठको अध्यक्षता बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागि सरोकारवालाहरुले सन् २०२३को योजना अनुसार गर्नुपर्ने कतिपय काम गर्न नसकेको, केहि विद्यालयमा संझौता ढिलो हुदा हतार हतार संरचना निर्माणका काम गर्नुपरेको, समुदायको सदस्यमा अपनत्वको भावनाको विकास गराउनुपर्ने, नगरपालिकासंग साझेदारीमा काम गर्दा तालमेल मिलाउन समस्या भैरकोले आगामी दिनमा सुरधारको अपेक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *