खोजि गर्नुहोस..

सुरक्षित आप्रवासन सम्बन्धी सचेतनात्मक वित्तिय तथा डिजिटल सारक्षरता तालिम

बिन्दु चौधरी

सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक वित्तिय तथा डिजिटल सारक्षरता सम्बन्धी ४ दिने तालिम आज बाँसगढीमा शुरु भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धि मूलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको दियो परियोजनाले बाँसगढीमा तालिमको आयोजना गरेको हो । रिड नेपाल, आईरेक्स र बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र मार्फत संचालन भएको दियो परियोजनाले वैदेशिक रोजगारमा जानको लागि आवश्यक सिपमूलक तालिमहरू निःशुल्क रूपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।

यसका साथै वैदेशिक रोजगारीका लागी जाने प्रक्रिया, कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कुराहरूको बारेमा जानकारी दिइने गरेको दियो परियोजनाका फोकल पर्सन लक्ष्मी धम्लहवाले जानकारी दिनुभयो । बाँसगढी सामुदायिक पुस्तकालयका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका वाड नं ५ का वडाअध्यक्ष दहवा थारु, बाँसगढी नगरपालिका रोजगार संयोजक सुभाष पराजुली लगाएत बैदेशिक रोजगारबाट फर्किएका, जान तयारीमा रहेकाहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण परियोजना फोकलपर्सन लक्ष्मी धम्लहवाले गर्नुभएको छ । पुस्तकालयका सचिव प्रेम प्रसाद शर्माले संचालन गर्नभएको कार्यक्रमको स्वागत तथा तालिमबारे उदेश्य पुस्तकालयका उपाध्यक्ष तथा दियो उपसमितीका संयोजक बलराम भुजेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *