अनोज थारु, मंसिर १४ गते
बढैयाताल गाँउपालिकामा आज कमैया महिला जागरण समाज नेपाल संस्थाले गरेको कामको अनुगमन गरीएको छ । कमैया महिला जागरण समाज नेपाल संस्थाले बढैयाताल वडा नं ४, ५,६ र ७ मा बिगत बर्ष देखि नै शिक्षा, स्वास्थ्य र हातधुने ट्याङकी समेत उपलब्ध गर्दै आएको छ । त्यसको साथसाथै मुक्तकमैया र सुकुम्बासीहरुको आर्थिकस्तर उठाउने उद्देश्यले काम गर्दै आएको संस्थाका अध्यक्ष बिरुणी चौधरीले बताउनु भयो । आज बढैयाताल वडा नं ६ मा रहेको प्रगति आधारभुत बिद्यालय, वडा नं ६ भदोहीमा रहेको जनता आधारभुत बिद्यालय र वडा नं ७ प्रगतिनगरमा रहेको सामुदायिक शिशु स्याहार केन्द्रको अनुगमन गरीएको छ ।
संस्थाले यि बिद्यालयहरुलाई आवश्यकता अनुसार हेण्डवास ट्याङकी,बिद्यालयको पर्खाल निर्माण, भवन मर्मत र भित्तेलेखनमा समेत सहयोग गरेको संस्थाका सहजकर्ता उसा चौधरीले बताउनु भयो । त्यसैगरी वडा नं ७ मा संस्थाको सहयोग मार्फत संन्चालनमा रहेको बाख्रा फर्म र खरिद गरी दिएको भैसी पालनको समेत अनुगमन गरीएको छ । अनुगमनको क्रममा संस्थाद्धारा गरीएको काम निकै प्रभावकारी रहेको बढैयाताल गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो । उहाँले स्थानीय सरकारले गर्ने काम संस्थाले गरेकोमा संस्थालाई धन्यवाद समेत ब्यक्त गर्नु भयो ।
साथै अनुगमको क्रममा बिद्यालयका प्रध्यानाध्यापकहरुले उठाएको समस्याहरु, दरबन्दी अनुसारको शिक्षक अभाव, सरकारले तोकेअनुसार शिक्षकहरुको तलव हुनु पर्ने र पर्खाल निर्माण गर्नु पर्ने जस्ता समस्याहरु राखेका थिए । त्यसको जवाफ पनि पालिकाका उपाध्यक्ष अधिकारीले अर्को बर्षको बजेटबाट पुरा गर्ने बताउनु भयो । अनुगमन कार्यक्रममा बढैयाताल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, शिक्षा साखा प्रमुख बिष्णु प्रसाद ढकाल, ३ नम्बरका वडा सदस्य चन्द्रकला बिक लगायतको सहभागिता रहेको थियो ।