खोजि गर्नुहोस..

त्रिभुवन सामुदायिक पुस्तकालय ककौराको अध्यक्षमा यज्ञ बहादुर वली निर्वाचित

मंसिर ९ गते
त्रिभुवन सामुदायिक पुस्तकालय ककौराको अध्यक्षमा यज्ञ बहादुर वली निर्वाचित हुनुभएको छ । बाँसगढी ८ ककौराको त्रिभुवन सामुदायिक पुस्तकालयमा सम्पन्न १०औं बार्षिक साधारण सभाले वलीको अध्यक्षतामा ११ सदसिय नयाँ कार्यसमिति चयन गरिएको हो । पुस्तकालयको उपाध्यक्षमा शारदा कुमारी आचार्य, सचिवमा गोपाल वली, सहसचिवमा देवराज अधिकारी, कोषाध्यक्षमा खेमराज घिमिरे चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सरस्वती वली, अरुण थारु, प्रताप बहादुर थारु, तारानाथ च्वाई, अनुष्का उपाध्याय र हरिमाया अधिकारी चयन भएका हुन । साधारण सभाको अवसरमा पुस्तकालयका अध्यक्ष नविन अधिकारीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँले पुस्तकालयमा अहिले विभिन्न सिकाइ केन्द्र, आइसिटी कक्ष, अध्ययन कक्षका साथै विभिन्न पुस्तकहरु समेत रहेको बताउदै पुस्तकालय र रिड नेपालको समन्वयमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेकोहरुलाई प्रामर्श सेवा समेत दिदैआएको बताउनुभयो । त्यस्तै कोषाधयक्ष यज्ञ बहादुर वलीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै १५लाख ५३ हजार ३सय ३३ रुपैया बरावरको आयब्याय सार्वजनिक गर्नुभएको थियो । पुस्तकालयका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती सघिंय सांसद जावेदा खाटुन रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *