खोजि गर्नुहोस..

बाँसगढीमा सञ्चालन हुने बर्दिया माघ महोत्सव २०८० को तयारी सुरु


रावन विश्वकर्मा ।
बर्दियाको बाँसगढीमा सञ्चालन हुने बर्दिया माघ महोत्सव २०८० को तयारी थालिएको छ । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा पौष २६ गते देखी माघ ८ गते सम्म सञ्चालन हुने छैटौ बाँसगढी औद्योगिक ,कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०८० सञ्चालन हुदै छ । महोत्सवलाई भव्य रुपमा सफल बनाउन मुल आयोजक समिति र विभिन्न उप समितिहरु गठन गरिएको छ । भने आयोजकले महोत्सवको लोगो समेत सार्वजनिक गरेको छ ।

बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष बद्रीनाथ बरालको संयोजकत्वमा मेला मुल आयोजक समिति गठन गरिएको छ भने महासचिव बिकास गौतमको अध्यक्षतामा सचिवालय समिति निर्माण गरिएको छ । त्यस्तै महिला उपाध्यक्ष मनु अधिकारीको अध्यक्षतामा महोत्सव प्रचार प्रसार उपसमिति, उद्योग उपाध्यक्ष बिष्णु ढकालको अध्यक्षतामा प्रायोजक तथा स्टिल बुकिङ्घ उपसमिति, संस्थापक अध्यक्ष पुष्पराज बरालको अध्यक्षतामा अथिति सत्कार उपसमिति, कोषाध्यक्ष शेर बहादुर सुनारको अध्यक्षतामा आर्थिक तथा टिकट व्यवस्थापन उपसमिति, बरिष्ठ उपाध्यक्ष शिव देवकोटाको अध्यक्षतामा झाँकी व्यवस्थापन र संघका सदस्य बाबुराम चौधरीको अध्यक्षतामा जनजाति साँस्कृतिक तथा गाँउ व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बाँसगढी क्षेत्रमा अघिल्ला बर्षहरुमा हुने मेला महोत्सव भन्दा यो बर्ष हुने महोत्सवलाई फरक र भव्य बनाउन अहिले देखी नै तयारी थालिएको बाँसगढी उद्योग वाणिज्य संघका अधयक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक बद्रिनाथ बरालले बताउनु भयो । उहाँका अनुसार महोत्सव पैसा कमाउने उदेश्यले नभई स्थानिय कला संस्कृति, कृषि उपज, पर्यटन प्रर्बद्धन र स्थानिय व्यापार व्यवसायलाई समेत बढावा दिन महोत्सवले सहयोग पुर्याउने छ । महोत्सवलाई सफल बनाउन विभिन्न राजनितिक दल, समाजसेबी, बुद्धिजिबी, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी व्यापारी लगायत सबै पक्ष सँग समन्वय र छलफल गरिने आयोजक बाँसगढी उद्योग वाणिज्य सँघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *