खोजि गर्नुहोस..

बाँसगढीमा मोटिभेसन तथा योगा संम्बन्धी एक दिने कार्यशाला

अनोज थारु ।
ऊँ केदारेश्वर रियल स्टेट एण्ड इन्भेष्मेन्ट प्रा.लि बाँसगढीले शनिबार मोटिभेसन तथा योगा संम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ । ऊँ केदारेश्वर रियल स्टेट एण्ड इन्भेष्मेन्ट प्रा.लि बाँसगढीले आफ्नो संस्थाको लक्ष्य उद्देश्यको बारेमा जानकारी गराउदै सहभागिहरुलाई मोटिभेसन तथा योगा संम्बन्धी प्रशिक्षण दिएको हो । कार्यक्रमको सुरुवातमा मनोसामाजिक परामर्श कर्ता खिम बहादुर खड्काले मेडिटेसन योगा र मनमोहक कलाको बिषयमा प्रशिक्षण दिनुभएको थियो । मेडिटेसन योगाले सामाजमा देखिएको नकरात्मक चिन्तनलाई हाटाई सकारात्मक उर्जा प्रदान गर्ने खड्काले बताउनु भयो ।

त्यस्तै मोटिभेसन स्पिकर तथा लिडर सीप कल्सन्टेन प्रशिक्षक अर्जुन प्रसाद तिवारीद्धारा बिलिभ सिस्टम, जिवनको गोल सेटिङ, पागलपन र माइनसेटिङ सम्बन्धी ४ प्रकारको जिवनशैलीलाई रुपन्तरण गर्दै उन्नतिसिल जिवन जिउने कालको साथै आर्थिक संम्बृद्धि प्राप्त गर्न उर्जामय मोटिभेसन कक्षा संन्चालन गरिएको थियो । सोही अवसरमा संस्थाका प्रबन्ध निर्देशक लिलाधर शर्माले संस्थाको उद्देश्य, जनशक्तिको ब्यवस्थापन, कार्यशैली, लगानीको किसिम, घरजग्गा खरिद तथा बिक्रिका बिभिन्न फारमहरु र घर जग्गा खरिद बिक्रि तथा इन्भेष्टमेन संम्बन्धी कानुनी पक्षको बारेमा चर्चा गर्नु भएको थियो ।

रियल स्टेट कम्पनी दर्ता भई कार्यन्वयमा आईसकेपछि अब्यवस्थित रुपमा रहेका घरजग्गा कारोबार, जग्गा कारोबारमा हुने गरेको ठगी न्युनिकरण हुनुका साथै राजस्व बृद्धि हुने र नियमअनुसार कर तिरेर कारोबार हुने भएको हुँदा सरकारलाई प्रत्येक्ष सहयोग हुने शर्माको भनाई थियो । सेवाग्राहीहरु मर्कामा नपरी धुक्कका साथ कारोबार गर्न सक्ने बाताबरण सृर्जना हुने समेत उहाले बताउनु भयोे । संस्थाको लक्ष्य अनुसार यस बर्ष बर्दिया, बाँके र दांङमा कार्यालय संन्चालन गरी १ हजार ६ सय प्रतिनिधिहरुले प्रत्येक्ष संस्थामा जोड्ने संस्थाका प्रर्बन्ध निर्देशक शर्माले बताउनु भयो । कार्यक्रममा बाँसगढी र बढैयातालमा बसोबार गर्ने बुद्धिजिवी, शिक्षक, समाज सेवी, ब्यापारी, जनप्रतिनिधि लगायत ५६ जनाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *