खोजि गर्नुहोस..

बाँसगढीमा चाडपर्व लक्षित बजार अनुगमन

अनोज थारु ।
बर्दियाको बाँसगढीमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया र घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको संयुक्त आयोजना र बाँसगढी नगरपालिका, बाँसगढी उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी र पत्रकार लगायतको उपस्थितिमा मंगलबार बाँसगढीका बजार अनुगमन गरिएको छ । अनुगमन टोलीले बाँसगढी र लखनामा रहेका खाद्यन्न तथा किराना पसल, होटेल तथा नास्ता पसल, फलफुल र केही मासु जन्य पसलमा अनुगमन गरेको थियो । विगतको बर्ष भन्दा केही सुधार भएको पाईएको भए पनि उपभोक्ताहरुले पुर्ण स्वास्थ्यकर र गुणस्तरिय बस्तु पाउन नसकेको अनुगमन टोलीले ठहर गरेको छ ।

टोलीले अनुगमन गरेका केही पसलहरुबाट म्याद गुर्जेका ६ हजार ६ सय ६० मुल्य वरावरको समाग्रीहरु बरामत गरी नष्ट समेत गरेकोे जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोक प्रसाद ढकालले बताउनु भयो । अनुगमन टोलीले पसलमा मुल्य सुची राख्न, म्याद गुर्जेका समान नबेच्न, व्यवसायको समयमै नविकरण गर्न, सरसफाईमा ध्यान दिन, अनिवार्य बिलविजक राख्न अनुरोध गरेको छ । अर्को अनुगमनमा फेरी प्रक्रिया पुरा नभएको पाईएमा कारबाही गरिने समेत चेतावनी दिएको बाँसगढी नगरपालिकाका उपप्रमुख ईन्दिरा चौधरीले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोक प्रसाद ढकाल, बाँसगढी नगरपालिकाका उप प्रमुख इन्दिरा चौधरी, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत बिश्वलाल खड्का, अधिकृत पुर्णमान वली, तथ्याङक साहायक भिम बहादुर थापा, जिल्ला प्रशासनका ना.सु निराजन शर्मा, उपभोक्ता मंञ्च बर्दियाका रुपा बजगाई, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बराल, महासचिव बिकास गौतम, सुरक्षाकर्मी, संञ्चारकर्मी लगायतको टोलीले बजार अनुगमन गरेको थियो । टोलीले १५ वटा किराना पसल, १।१ वटा मासु पसल र फेन्सी पसल, फलफुल पसल, २ वटा होटेल, फेन्सी पसल १ वटा र फलफुल पसल १ वटा गरी जम्मा २३ वटा पसलहरु अनुगमन गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *