खोजि गर्नुहोस..

बारबर्दियामा पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम हुदै


हुम कुमार चौधरी ।
बर्दियाको बारबर्दिया नगरपालिकामा असोज २६ र २७ गते पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम २०८० हुने भएको छ । “भाषा सँस्कृति र साहित्यक संरक्षण करी, पुर्खनीया कला सिप लौव पुस्ता हे हस्तान्तरण करी” भन्ने नारा सहित पर्यटन डिभिजन कार्यालय कोहलपुरको सहयोग र राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो । पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम २०८० मा पौराणिक लोक नृत्यमा ६० टिम सहभागि गराउने लक्ष्य रहेको र ४० जना राष्टिय कलारको प्रस्तुति रहने आयोजकले सोमबार बारबर्दिया नगरपालिका वडा न ५ मा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । राष्ट्रिय थारु कलाकार मञ्च, जिल्ला कार्यसमिति बर्दियाको अध्यक्ष प्रदेशी चौधरी (दर्पण कुसुम्य) का अनुसार प्रतियोगितामा बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाका भित्रका तिन विधाको पौराणिक लोक नृत्य प्राथमिक्ता दिईएको छ ।

पत्रकार सम्मेलनम अध्यक्ष चौधरी कार्यक्रम उदेश्य आदिवासी जनजाती समुदायमा रहेको पौराणिक लोक कलाको संरक्षणमा अभिप्रेरित गर्दै प्रोत्साहन गर्ने, बर्दियाली कलाकरको मनोबल बढाउने, कला तथा गीत संगित जगेर्नामा सकृयता र सहभागीतामा बृद्धि गर्ने रहेको बताउनु भयो । त्यसैगरी पौराणिक लोक कला नयाँ पुस्तामा हस्तान्त्रण गर्न टेवा पुर्याउने, पौराणिक लोककला संरक्षणकर्ता तथा सर्जकहरुलाई सम्मान गर्ने, स्थानिय रैथाने खानपानको व्यावसायीकरणमा टेवा पुगाउने, बर्दिया जिल्लामा रहेको ऐनिहासिक, सास्कृतिक तथा पौराणिक स्थलको प्रचार प्रसार सगै बर्दियाली कलाकरको प्रस्तुतिबाट मनोरञ्जन प्रदान गर्ने रहेको जनकारी गराईएको छ ।

कार्यक्रमम १० जना पौराणिक लोक कला संरक्षणकर्ता तथा सर्जक, थारु कला सस्कृत जर्गेनाको लागि कलम चलाउने १० जना पत्रकार, थारु कला सस्कृति संरक्षणमा योगदान पुर्याउने १० संघ सस्थालाई सम्मान गर्ने रहेको छ । सहभागि प्रतियोगि मध्ये उत्कृष्ट ३ समुलाई २० हजारको दरले नगद पुरस्कार सगै सहभागि सबै प्रतियोगी सानत्वना पुरस्कार प्राप्त गर्ने अध्यक्ष चौधरी जानकारी गराउनु भयो । प्रतियोगिताको प्रमुख अतिथि लुम्विनि प्रदेश सांसद राज कुमार चौधरी रहने आयोजनकले जनाएको छ । भने विशेष अतिथि पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख रहने छन् । पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम १२ लाखसम्म खर्च हुने अनुमान आयोजको रहेको छ । लोप हुदै गएको पौराणिक लोक नृत्य जोगाउन र नयाँ पुस्तालाई हस्तान्त्रण गराउने उदेश्यले कार्यक्रमक आयोजना गरिएको हो । राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दिया लोक कला, गीत संगीत तथा सस्कृती संरक्षण तथा बर्दियाली कलाकारहरुको हीतको लागि विभिन्न काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *