खोजि गर्नुहोस..

बेस बर्दिया बाँसगढीको अध्यक्षमा मनिराम चौधरी सर्वसम्मत

ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) बर्दियाको नगर स्तरीय प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मनिराम चौधरी सर्वसहमत चयन हुनु भएको छ । बाँसगढी ४ बेलटारी समुदायिक भवन लक्ष्मणपुरमा भएको भेलाबाट अध्यक्ष पदमा मनिराम चौधरी सहित १३ जना कार्यसमिति सदस्य चयन गरीएको हो । जसको उपाध्यक्षमा सरस्वती वली, सचिवमा राज थारु, सहसचिव नरबहादुर वली र कोषाध्यक्षमा देबिसर जैसी चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा भावना बोहोरा, सुमित्रा थारु, मिना थारु, सोनु थारु, बच्चु लाल थारु, जलिराम थारु, लक्ष्मि खड्का र अनिता भट्टराई सर्वसहमत चयन हुनु भएको छ । बेस बर्दियाका क्षेत्रीय अध्यक्ष राधेश्याम थारुको अध्यक्षता भएको प्रथम अधिबेशनमा प्रमुख अतिथि केन्द्रिय सदस्य जुना खड्का रहनु भएको थियो । भने बिशेष अतिथिमा जिल्ला अध्यक्ष बिष्णु थारु, जिल्ला उपअध्यक्ष देशभक्त चौधरी, जिल्ला सचिव कलिराम थारु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *