खोजि गर्नुहोस..

दशैको उपलक्ष्यमा तेस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता हुदै

रावन विश्वकर्मा ।
तेस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बर्दिया बाँसगढी नगरपालिकामा रहेको लक्ष्मणपुर गाँउमा यहि असोज २६ गते देखी कार्तिक ४ गते सम्म तेस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो । बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा वेलटारी युवा क्लव लक्ष्मणपुरले तेस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

खेल क्षेत्रको विकास, खेलाडीहरुको उत्पादन र खेल प्रतिभाको पहिचान गराउदै खेलकुद क्षेत्र मार्फत लक्ष्मणपुर गाँउको समेत पहिचान गराउने उदेश्यका साथ बिगत बर्ष देखी नै फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको वेलटारी युवा क्लवका अध्यक्ष चित्र बहादुर खत्रीले बताउनु भयो । प्रतियोगितालाई भव्य रुपमा सफल पार्न मुल्य प्रायोजक, सहप्रायोजक र प्रायोजकहरु खेज्ने काम भईरहेको र ईच्छुक संघ संस्था तथा व्यवसायीहरुले सम्पर्क राख्न अध्यक्ष खत्रीले अनुरोध समेत गर्नुभयो ।

प्रतियोगिताको बिजेता टिमलाई ५१ हजार र उपविजेता टिमलाई २६ हजार पुरुस्कार राशी राखिएको छ भने प्रतियोगितामा सहभागि जनाउन टिम दर्ता शुल्क ४ हजार १ सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई समेत बिशेष पुरुस्कारको व्यवस्था गरिएको र बिजेता टिमलाई मेडल प्रमाण पत्रको साथमा थारु हस्तकलाका सामाग्री समेत दिने योजना बनाएको क्लवका सल्लाहाकार तथा समाजसेबी दिपक अधिकारीले बताउनु भयो ।

प्रतियोगिताले लक्ष्मणपुर नमुना गाँउ, लक्ष्मणपुर होमस्टे, लक्ष्मणपुर पिक्नीक स्पोट लगायतको प्रचार प्रसारमा थप टेवा पुग्ने क्लवका पुर्व अध्यक्ष तथा नेरा मावि लक्ष्मणपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल खड्काले बताउनु भयो । क्लवका अध्यक्ष चित्र बहादुर खत्रीको अध्यक्षतामा भएको छलफल तथा पत्रकार सम्मेलनमा बाँसगढी नगरपालिकाका स्थापक नगर प्रमुख सालिकराम अधिकारी, बाँसगढी ४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला, बाँसगढी उद्योग वाणिज्य संघका लेखा समिति संयोजक दिलु पौडेल, पत्रकार, लक्ष्मणपुर गाँउबासी, खेलाडी लगायतको सहभागिता रहेको थियो । लक्ष्मणपुर गाँउ खेलकुद विद्यामा बाँसगढी नगरपालिका कै उत्कृष्ट गाँउको रुपमा चिनिएको छ । लक्ष्मणपुर गाँउले ४ जना राष्ट्रिय स्तरका खेलाडीहरु समेत उत्पादन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *