खोजि गर्नुहोस..

बाँसगढीमा फोटो तथा भिडियो ग्राफर एशोसियसन गठन, अध्यक्षमा चापागाँई

बाँसगढी नगर स्तरिय फोटो तथा भिडियो ग्राफर एशोसियसन गठन गरिएको छ । बर्दिया फोटा तथा भिडियो ग्राफर एशोसियसनको आयोजनामा शंनिबार बाँसगढी नगरपालिकामा रहेका फोटा तथा भिडियो ग्राफरहरुको भेलाबाट न्यु किरण डिजिटल फोटो स्टुडियोका चिरञ्जिवी चापागाँईको अध्यक्षतामा नगर स्तरिय फोटो तथा भिडियो ग्राफर एशोसियसन गठन गरिएको हो । एशोसियसनको उपाध्यक्षमा शिस कुमार चौधरी, सचिवमा रावन बिश्वकर्मा, कोषाध्यक्षमा डोलमाया पाठक चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद सुवेदी, एक नारायण अधिकारी, चक्रपाणी सुवेदी, सरिता थारु, डिल बहादुर थारु, निर्मल थारु र दिपेन्द्र थारु रहेका छन् । फोटो स्टुडियो तथा भिडियो ग्राफर व्यवसायीहरुलाई संगठित गराउदै दररेटमा एक एकरुपता ल्याउन फोटो तथा भिडियो ग्राफर एशोसियसन गठन गरिएको हो । साथै नव गठित एशोसियसनलाई बाँसगढी उद्योग वाणिज्य सँघको बस्तुगत समितिमा आबद्ध गराईने निर्णय समेत गरिएको छ ।

बर्दिया फोटा तथा भिडियो ग्राफर एशोसियसनका अध्यक्ष केशव प्रसाद रिजालको अध्यक्षतामा भएको भेलामा सचिव भुपाल बहादुर पुन, कोषाध्यक्ष सावित्री चौधरी, सदस्य चन्द्र बहादुर थारु लगायत बाँसगढी नगरपालिकाका फोटो तथा भिडियो ग्राफर व्यवसायीहरुको सहभागिता रहेको थियो । बर्दिया फोटा तथा भिडियो ग्राफर एशोसियसनले बजारको मंहगीलाई मध्य नजर समय सापेक्ष मुल्य समायोजन गर्दै नयाँ दररेट कायम गरिएको छ ।

समय सापेक्ष मुल्य समायोजन गर्दै फोटो तथा भिडियो ग्राफर व्यवसायहरुले पनि बाध्य भएर असोज १ गते देखी सबै फोटो स्टुडियोहरुमा लागु हुने गरी नयाँ दररेट लागु गरिएको बर्दिया फोटा तथा भिडियो ग्राफर एशोसियसनका अध्यक्ष केशव प्रसाद रिजालले जानकारी दिनुभयो ।
बर्दिया फोटा तथा भिडियो ग्राफर एशोसियसनको नयाँ दर यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *