बाँसगढी नगरपालिका वडा नम्बर ६ को कार्यालयले आज एक सूचना जारी गर्दै, जोतभोग गर्दै आएका भुमिहिन दलित, सुकुम्बासी र अब्यवस्थितहरुलाई जग्गाको फारम भर्न अनुरोध गरेको छ । राष्ट्रिय भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अब्यवस्थित बसोबासीको ब्यवस्थापन गर्ने प्रयोजनका लागि फारम भर्न छुटेकालाई वडा कार्यालयमा आएर फारम भर्न सूचना जारी गरेको हो ।
बिज्ञाप्तीमा उल्लेख भएअनुसार यही असोज मसान्त भित्र भुमिहिन दलित, सुकुम्बासी र अब्यवस्थितहरुले फारम भर्न आउदा परिवारमूली र नागरीकता प्राप्त परिवारका अन्य सदस्यको नेपाली नागरीकताको प्रीतिलिपि, आँफु र परिवारका सदस्यका नाममा अन्यत्र रहेको सबै जग्गाको पुर्जाको प्रतिलिपि र संम्बन्धित स्थानीय तहले सम्पति कर प्रयोजनका लागि निर्धारण गरेका मूल्याङकन संम्बन्धी स्थानीय तहको पत्र, उपभोगको जग्गा संम्बन्धी कागजातको प्रतिलिपि र उपलब्ध अन्य प्रमाण भए सो प्रमाण समेत पेश गर्न वडाअध्यक्ष लाल बहादुर क्षेत्रीको हस्ताक्षरीत बिज्ञाप्तीमा उल्लेख गरीएको छ ।