बर्दियाको बाँसगढी नगरपालिकाले संविधान दिवसको अवसरमा संविधान सभा सदस्य श्याम ढकाल र निर्मल प्रकाश सुवेदीलाई सम्मान गरेको छ । बाँसगढी नगरपालिकाले आयोजना गरेको संविधान दिवस २०८० को अवसरमा सविधान सभा सदस्यद्धय ढकाल र सुवेदीलाई सम्मान गरिएको हो । नेपालको संविधान निर्माणमा महत्वपुर्ण भुमिका निर्भाह गर्ने संविधान सभा सदस्य ढकाल र सुवेदीलाई संविधान दिवस कै दिन कदर पत्र र दोसल्ला ओढाएर बाँसगढी नगरपालिकाले सम्मान गरेको हो ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले संविधान सभा सदस्य द्धयलाई विशेष कार्यक्रमका विच सम्मान गर्नुभएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग तीन सय ८ धारा र ९ अनुसूची छन् ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काको अध्यक्षतामा भएको संविधान दिवस बिशेष समारोहमा संविधान सभा सदस्यद्धय श्याम ढकाल, निर्मल प्रकाश सुवेदी, उप प्रमुख ईन्दिरा चौधरी, निवर्तमान नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितीका सदस्य खगिसरा विक, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य , विवषयगत शाखाका प्रमुख लगाएतको उपस्थिति रहेको थियो । बाँसगढी नगरपालिकाका शेर बहादुर केसीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत प्रमुख प्रसासकिय अधिकृत मन प्रसाद रेग्मीले गर्नुभएको थियो ।