खोजि गर्नुहोस..

सर्पको टोकाईबाट बाँसगढीमा बालिकाको मृत्यु

बर्दियाको बाँसगढीमा सर्पको टोकाईबाट बालिकाको मृत्यु भएको छ । बाँसगढी ३ उत्तरभकारीकी ५ बर्षिया बालिका जोया थारुको सर्पको टोकाईबाट मंगलबार मृत्यु भएको हो । घरको आगन नजिकै रहेको गोठमा बालिका खेलि रहेको अवस्थामा विहान १० बजेको समयमा बालिकालाई सर्पले टोकेको स्थानिय प्रधान थारुले जानकारी दिनुभयो । बालिकालाई अचेत अवस्थामा भेरी अस्पताल पुर्याईएको र अस्पतालले मृत घोषणा गरेको थियो ।

घरको आगन नजिकै रहेको गोठमा राखिएको परालमा गोमन सर्प देखिएको र सोही गोमन सर्पले बालिकालाई टोकेको हुन सक्ने स्थानियले बताएका छन । स्थानियका अनुसार सर्प अझै गोठमा राखिएको पराल भित्रैे छ । बिषालु सर्पले टोकेका कारण बालिकाको अस्पताल सम्म पुर्याउदा नै मृत्यु भईसकेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले बताउनु भयो । सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ ।

बैशाख देखि भदौं महिनासम्म उपचारकाक्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा. आचार्यले जानकारी दिनु भयो । त्यसैगरी उपचारका लागि अस्पताल पुर्याइएका मध्येबाटो मै पाँच जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पुर्याइएको थियो । पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पर्दशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्नारत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसीयूमा उपचारत रहेको डा. आचार्यले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *