खोजि गर्नुहोस..

बाँसगढीमा नापतौलका सामग्री जाँच, नवीकरण र दर्ता शिविर


बिन्दु चौधरी/
बाँसगढी उद्योग बाणिज्य संघले नापतौलका सामग्री जाँच, नवीकरण र दर्ता गर्न शिविर आयोजना गरिएको छ । उद्योग वाणिज्य संघको आयोजना तथा गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जको प्राविधिक सहयोगमा नापतौलका सामग्री दर्ता र नवीकरण गर्न शिवर सञ्चालन गरिएको होे । उपभोक्तालाई ठगिनबाट जोगाउन नापतौलका सामग्री ठीक र दुरुस्त हुन जरुरी रहेकाले नगर भित्रका व्यवसायीलाई सहजताका लागि नापतौलका सामग्री जाँच गर्ने, नवीकरण र दर्ता गर्न शिविर नै आयोजना गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रिनाथ बरालले जानकारी दिनुभयो ।

बाँसगढी नगरपालिकाभित्रका व्यवसायीले प्रयोग गर्दै आएका नापतौलका सामग्रीको जाँच गरिएको छ । एक दिने शिवरमा ८० जना व्यवसायीले ढक, तराजु, लिटर, मिटरको जाँच गराएका छन् । नाप्ने, तौलने सामग्रीको अनुमति लिएका व्यवसायीहरुको ढक, तराजु, लिटर, मिटरको जाँच गरेर नवीकरण गर्ने गरिएको छ । सबैजसो व्यवसायीको नाप्ने, तौलने यन्त्रमा खासै समस्या नभेटिएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जका निरीक्षक गोविन्द प्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार हरेक दुई–दुई वर्षमा नापतौलमा प्रयोग हुने ढक, तराजु, लिटर, मिटरलगायतका सामग्री अनिवार्यरुपमा जाँच गर्नुपर्ने हुन्छ । यसरी जाँच गरिएका सामग्रीलाई गुणस्तर तथा नापतौल कार्यालयले प्रमाणित गरेपछि मात्रै त्यसको प्रयोग आधिकारिक मान्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *