भदौ ९ गते
बाँसगढी नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सकिएको छ । बाँसगढी नगरपालिकाको ९ वटै वडामा रहेका १२ वटा स्वास्थ्य संस्थाहरुले आर्थिक बर्ष २०७९।०८० मा गरेका कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा गर्दै गोष्ठि शुक्रबार सकिएको हो । स्वास्थ्य शाखा बाँसगढीको आयोजनामा भएको समिक्षा गोष्ठिमा स्वास्थ्य संस्थामा औषधी अभाव, दरबन्दी अनुसार कर्मचारी अभाव, स्वास्थ्य सामाग्री अभाव, विद्यालय शिक्षा तथा पोषण कार्यक्रम प्रभावकारी नभएको लगायत समस्याहरु गोष्ठिमा औल्याईएको थियो । स्वास्थ्य संस्थाहरुमा देखिएका समस्याहरुलाई आगामी दिनमा समाधानका लागि आगामी कार्ययोजना समेत गोष्ठिबाट बनाईएको छ ।
आगामी कार्ययोजनामा स्वास्थ्य सस्थामा देखिएका समस्या समाधानका लागि स्वास्थ्य सस्थाका आफ्नै खाता सञ्चालन गर्ने, विद्यालय शिक्षा तथा पोषण कार्यक्रममा जोड् दिनु पर्ने, स्वास्थ्य सस्थामा औषधि अभाव हुन नदिन नियमित औषधि व्यावस्थापन गर्ने र बर्थिग ंसेन्टर रहेको स्वास्थ्य सस्थामा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने लगाएत ३२ वटा मुख्य बुदालाई विशेष जोड दिएर कार्ययोजना निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख महेश थारुले जानकारी दिनुभयो । गोष्ठिबाट स्वास्थ्य संस्थाबाट नियमिति हुने सेवा प्रभाहलाई अझै प्रभावकारी बनाउदै लैजाने निर्णय समेत गरेको थारुले बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख थारुका अनुसार बाँसगढी नगरपालिकामा नगर अस्पताल १, स्वास्थ्य चौकी २, आधारभुत स्वास्थ्य केन्द्र ६, शहरी स्वस्थ्य केन्द्र २ र आयुर्वेद स्वास्थ्य केन्द्र १ गरी १२ स्वास्थ्य सस्था रहेका छन् ।
समिक्षा कार्यक्रममा १२ वटै स्वास्थ्य सस्थाका प्रमुखहरुले आर्थिक वर्ष २०७९।०८० मा स्वास्थ्य सुचकको अवस्था, स्वास्थ्य सस्थाको विवरण, भौतिक अवस्था, मानव संसाधन, बार्षिक रुपमा देखा परेको समस्या लगाएतका विषयमा जानकारी गराएका थिए । समापन कार्यक्रमको अध्यक्ष तथा बाँसगढी नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम वडा न ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमले समिक्षामा उठेका विषय कार्यपालिकामा छलफल गरि समाधानको निस्कर्ष निकालिने बताउनु भयो । स्वास्थ्य जस्तो संवेदन सिल क्षेत्रमा सानो हेलचक्राईले ठुलो समस्या निम्तने भन्दै स्वास्थ्य क्षेत्र सुधारका लागि सबै जना सचेत भएर लाग्नु पर्ने बताउनु भयो । समिक्षा गोष्ठीमा बाँसगढी नगरपालिका नगर प्रमुख खड्क बहादुर खड्का, उपप्रमुख ईन्दिरा चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मन प्रसाद रेग्मी, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी लगाएतको सहभागिता रहेको थियो ।