खोजि गर्नुहोस..

नेशनल लाईफ कोहलपुर शाखाद्धारा प्रशिक्षण तथा सम्मान कार्यक्रम

रावन विश्वकर्मा, बाँसगढी, बर्दिया
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोहलपुर शाखाले उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार कोहलपुरमा प्रशिक्षण तथा सम्मान कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०७९।०८० मा उत्कृष्ठ बिजनेस गर्ने अभिकर्ता तथा चिप विजनेस म्यानहरुलाई सम्मान गरेको हो । नेशनल लाईफ इन्स्योरेन्स केन्द्रिय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कन्डेलले खादा र सम्मान पत्र सहित उत्कृष्ट अभिकर्ता तथा चिप विजनेस म्यानहरुलाई सम्मान गर्नुभयो । कम्पनीको कोहलपुर शाखामा आर्थिक बर्ष २०७९।०८० मा सबै भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै अभिकर्ता कुसुम बस्नेत प्रथम, थानेश्वर नेपाली द्धितिय र प्रेम बहादुर बस्नेत तृतिय हुन सफल भएका छन् ।

त्यस्तै टिम विजनेस तर्फ सबै भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै चिफ बिजनेस म्यान गोरख बहादुर नेपाली प्रथम, बिष्णु कुमारी केसी द्धितिय र गणेश मान केसीलाई तृतिय भएका छन् । उत्कृष्ट बिजनेस गर्न सफल मान बहादुर डिसी, रामजंग शाह, विनोद कुमार थापा, धन कुमारी खड्का, विर बहादुर बम, करिश्मा थारु, करुणा चौधरी, गणेश कुमार खत्री र बिष्णु चन्द सम्मानित भएका छन् । त्यस्तै सबै भन्दा बढी १८ जना अभिकर्ता राख्न सफल चिफ बिजनेस म्यान विष्णु कुमारी केसी प्रथम, १३ जना अभिकर्ता राख्दै चिफ बिजनेस म्यान विनोद कुमार थापा द्धितिय र १० जना अभिकर्ता राख्न सफल चिफ बिजनेस म्यान गणेश मान केसीलाई तृतिय पुरुस्कार सहित सम्मान गरिएको छ । भने गएको आर्थिक बर्षमा सबै भन्दा बढी बीमाले जारी गर्न सफल तीन जना अभिकर्तालाई समेत सम्मान गरिएको छ ।

जसमा ५१ वटा बीमा लेख जारी गर्दै प्रेम बहादुर बस्नेत प्रथम, ४२ वटा बीमा लेख जारी गर्दै कुसुम बस्नेत द्धितिय र २० वटा बीमा लेख जारी गर्दै बिनोद कुमार थापा तृतिय भएका छन् । कार्यक्रममा केन्द्रिय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कन्डेलले बीमा बिक्रि कला, बीमा क्षेत्रमा अभिकर्ताहरुको भविष्यका बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै नेसनल लाईफ इन्स्योरेन्स कोहलपुर शाखा प्रमुख रण बहादुर वलीले बीमा योजनाका बारेमा अभिकर्ताहरुलाई जानकारी दिनुभएको थियो । कोहलपुर शाखा प्रमुख रण बहादुर वलीको अध्यक्षतामा भएको प्रशिक्षण तथा सम्मान कार्यक्रममा प्रमुख अथिति केन्द्रिय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कन्डेलले र कर्णाली प्रदेस प्रमुख दिप नारायण खनालको समेत उपस्थिति रहेको थियो । प्रेम प्रसाद थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोहलपरु शाखाका साहयक प्रमुख निम प्रसाद थारुले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *