खोजि गर्नुहोस..

बाँसगढी नगरपालिकामा स्वास्थ्य शाखको बार्षिक दुई दिने समिक्षा गोष्ठी सुरु

भदौं ७ गते
बाँसगढी नगरपालिका स्वास्थ्य शाखको बार्षिक समिक्षा गोष्ठी सुरु भएको छ ।आर्थिक वर्ष २०७९।०८० को दुई दिने समीक्षा गोष्ठीको नगर प्रमुख खड्क बहादुर खड्का उद्घाटन गर्नु भएको छ । ९ वटा वडामा रहेको स्वास्थ्य सस्था र नगर अस्पताल गरी १२ स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्य कर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा सुरु भएको गोष्ठीमा नगर प्रमुख खड्का नागरिकहरुलाई सन्तुष्टि अनुभुति गर्ने गरी काम गर्न सके मात्र सेवा प्रवाहको औचित्य पुष्टि हुने बताउनु भएको छ । विभिन्न महामारी र प्रकोपको बेला स्वास्थ्य सस्था र स्वस्थ्यकर्मीहरु उत्कृष्ट काम गरेरको स्मरण गर्दै नगरप्रमुख खड्काले सेवा प्रवाहालाई अझै जनमुखी र नागरिकमैत्री बनाउन विगतको गम्भीर समिक्षा गर्नु पर्नेमा जोर दिनु भएको छ ।

स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा औषधि अभावाभको जनगुनासो आएकोले आएको छ । यस्तो हेल्चक्राई बाट ठुलो समस्या निम्ति सेक्ना भन्दै सबैलाई सचेत बन्नु पर्ने बताउनु भयो । बार्षिक समीक्षाले विगतक मुल्यांकन गर्दै भावी रणनितिमा सहयोग गर्ने भएकोले यथार्थ चित्रण भए मात्र अगाडी बढ्न सजिलो हुईना उल्लेख गर्नु भयो । उद्घाटन कार्यक्रमम स्वास्थ्य शाखा प्रमुख महेश थारु बार्षिक समीक्षा गोष्ठिक उद्देश्य माथि प्रकाश पार्दै स्वगत गर्ने भएको थियो ।स्वास्थ्य शाखा प्रमुख थारु कार्यक्रमको समीक्षा एवम विश्लेशन गरी त्रुटि सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्ने, उपलब्धि तथा आइपरेको समस्याको अध्ययन एवम विश्लेशन गर्ने, चालु आर्थिक वर्षका लागि कार्ययोजना निर्माण गर्ने, धरातलीय यथार्थ विश्लेशन गरी भावी रणनिति बनाउने लगायतका उदेश्यले बार्षिक समीक्षा गोष्ठीको आयोजना गरेको बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण गोपाल चौधरी बार्षिक समीक्षाले आगामी कार्ययोजना तया गर्न सहज हुने बाताउनु भयो । सगै स्वास्थ्य सस्थालाई अझै कसरी प्रभावकारी रुपमा बढाउन सकिन्छ भन्ने बारेमा नितिनिय र प्रक्रियाको बारेमा सहजीकरण गर्नु भएको थियो । समाजिक विकास समिति संयोजक एवम वडा न ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमको अध्यक्षतामा भएको बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा बाँसगढी नगरपालिका नगर प्रमुख खड्क बहादुर खड्का, उपप्रमुख ईन्दिरा चौधरी, निमित्त प्रमुख प्रशासकिय अधिकृत मन प्रसाद रेग्मी, सबै वडाका वडा अध्यक्ष, १२ वडा स्वास्थ्य सस्थाको प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिती रहको थियो । बार्षिक समिक्षा कार्यक्रमको संचान जनस्वास्थ्य निरीक्षक कुलबहादुर विष्ट गर्नु भएको थियो । गोष्ठिमा ११ स्वास्थ्य सस्था र १ नगर अस्पताल गरी १२ ओटा स्वास्थ्य सस्थाक प्रमुखहरु आ आफ्ना स्वास्थ्य सस्थाको सुचङ्कको अवस्था, प्रगति विवरण, समस्या, चुनौतीबारे प्रतिबेदन प्रस्तुत गरि रहनु भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक कुलबहादुर विष्ट जनकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *