बाँसगढी नगरपालिकामा सोमबार भएको घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कडा कानुनी कारबाही गर्न नेपाली काँग्रेस बाँसगढीले जोडदार माग गरको छ । बाँसगढी नगरकार्यपालिकाको भवन भित्र भएको गतिविधि र तत्पश्चात सामाजिक संचालमा आएको विज्ञप्ती तथा जानकारी र प्रतिक्रिया प्रति नेपाली काँग्रेस बाँसगढी नगर समितिले एक प्रेस विज्ञप्ती जानरी गर्दै घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गरको हो ।
आम नागरिकको दैनिक कार्यसम्पदन गरि सुशासन कायम गर्ने कर्मचारी नै आर्थिक लेनदेनमा मुछिएको भन्ने विषय बाहीर आएको के कती सत्य हो, त्यसको छानविन गरि बास्तविक दोषिलाई पत्ता लगाउन र कानुन बमोजी कारबाहीको लागि नेपाली काँगे्रसले जस्तो सुकै परिस्थितिमा पनि साथ दिने प्रतिवद्धता जनाएको छ । विगत केही वर्ष देखी बाँसगढी नगरपालिकामा बेरुजु तथा आर्थिक वर्ष २०७९।०८० मा भएको आर्थिक अनियमितताको छानविन गर्न बाँसगढी नगरकार्यपालिका द्धारा एक छानविन समिति गठन गरिएको छ ।
सो प्रसंगले नगरपालिका भित्र संस्थागत भ्रष्टचार व्यापक मौलाएको आशंका गरिएको छ । जतनाले तिरको करबाट संचालीत स्थानीय सरकारले सत्य तथ्य छानविन गरि दोषि उपर कानुनी कारबाही नगरे नेपालीले काँग्रेस नागरिक स्तरबाट छानविनको प्रकृया अगाडी बढाउने चेतावनी दिएको छ ।