खोजि गर्नुहोस..

अन्तराष्टिय युवा दिवसको अवसरमा बाँसगढीमा अन्तरक्रिया

अनोज थारु, अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाँसगढीमा अन्तरक्रिया गरिएको छ । “उद्यमी युवा समृद्ध देशः दिगो बिकास लक्ष्यमा समान परिवेश” भन्ने नाराका साथ आज बाँसगढीमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाईएको छ । अन्तरक्रिया कार्यक्रममा युवा उद्यमीका अनुभव, संभावना र चुनौतीको बिषयमा सुन्ने सुनाउने र स्थानीय सरकारसंग गुनासो राखिएको थियो । कार्यक्रममा बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराल, उद्यमी एंव समाजसेवी बिपिन पौडेल, ध्रुर्व थापा, महिला उद्यमी मनु अधिकारी, खेमराज भट्टराई र बैदेशिक रोजगारी, कृषि एंव समाजसेवी बिनोद कुमार परियार लगायतले आआफ्नो अनुभव, समस्या, चुनौती र संभावना सहितका भनाईहरु राख्नु भएको थियो ।

व्यापार ब्यवसायले युवाहरुलाई बिदेश पलायनबाट रोक्न सकिने भए पनि सो अनुसारको सरकारले ब्यवस्था गर्नु पर्ने बताएका थिए । अन्तक्र्रिया कार्यक्रममालाई सम्बोधन गर्दै बाँसगढी नगरपालिकाका उप प्रमुख इन्दिरा कुमारी चौधरीले युवाहरुलाई सहि मार्गदर्शनको लागि नगरले युवाहरुलाई कुलतबाट छुटाएर खेलकुद क्षेत्रमा अग्रसर बनाउने खालका कामहरु गर्दै आएको बताउनु भयो । युवाहरुलाई लागू पदार्थ दुब्र्यसनी संम्बन्धी रोकथामको लागि बिद्यालय र गाँउ समुदायमा सचेतनामुलक कार्यक्रम गर्दै बिद्यालय वरिपरी लागू पदार्थ तथा मदिरा जन्यबस्तु किनबेच गर्न रोक, बालबिवाह रोक्न ठाँउठाँउमा सडक नाटक देखाउने र गरिव बिपन्न परिवारका बालकालिकाहरुलाई छात्रावृद्धि प्रदान गर्ने जस्ता कार्यक्रम गर्दै आएको समेत बताउनु भयो ।

युवा सन्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले नगरलाई युवाहरुले हरदम साथ सहयोग गर्न खोजेको भएता पनि नगरले युवाहरुलाई ब्यवस्ता गर्दै आएको गुनासो पोख्नु भयो । नगरले बोलेर मात्रै नहुने वोलेका कुरालाई ब्यबहारमा लागु गर्दै लैजानु पर्नेमा उहाँको जोड थियोे । नगरपालिकाले युवाहरूलाई हेर्ने नजर नै कमजोर छ अधिकारीले भन्नुभयो – आउने दिनमा युवाहरुसंग छलफल गर्दै युवाहरुको माग र चाहाना अनुसार कार्यक्रम ल्याउन आवश्यक छ ।

र्यक्रममा भुटानमा हुने SAFF Under-16 Championship 2023 को लागि छनौट हुनु भएका राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्न सफल बेलटारी युवा क्लव लक्ष्मणपुरका सदस्य बिनायक थारुको हौसला प्रदानको लागि कार्यक्रमबाटै ८ हजार ४ सय ७५ रुपैँया उठाएर सहयोग गरीएको छ ।

त्यसैगरी युवा सञ्जाल बाँसगढीले बाँसगढी नगरपालिकाका उप प्रमुख इन्दिरा कुमारी चौधरीलाई मायाको चिनो र सफल उद्यमीको रुपमा बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराल, बिपिन पौडेल, ध्रुर्व थापा, मनु अधिकारी, खेमराज भट्टराई र बिनोद कुमार परियार लाई सम्मान पत्र समेत प्रदान गरीएको छ ।

वास नेपाल बाँसगढी शासाको सहयोग, Youth sub Committeesको सहकार्य र युवा सञ्जाल बाँसगढीको आयोजनामा कार्यक्रम भएको थियो । युवा सञ्जाल बाँसगढीका सदस्य तथा लुम्बनी प्रदेश सामाजिक उद्यमी महिला सहकारी संस्थाका संयोजक इन्दिरा कुमारी भुसालले सन्चालन गर्नु भएको कार्यक्रममा करिव एक सय जना युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *