खोजि गर्नुहोस..

बढैयातालमा जिवीको पार्जन सुधार तथा आयआर्जनका लागि ७ लाख बढीको घुम्ती कोष

हुम कुमार चौधरी
बढैयाताल गाउँपालिकामा जिवीको पार्जन सुधार तथा आयआर्जनका लागि ७ लाख बढीको घुम्ती कोष वितरण गरिएको छ । आज एक कार्यक्रमका विच सहकर्मी समाज तथा विकास कोष नर्वेको आर्थिक सहयोग र जनशक्ति विकास समाज आयोजनामा घुम्ति कोष वितरण गरिएको हो । सहकर्मी समाज कोहलपुरको प्राविधिक सहयोग र डी एफ नर्वेको आर्थिक सहयोगमा जनशक्ति विकास समाजले सञ्चालन गर्दै आएको सशक्तिकरण र दिगोपनमा आधारित जिविको पार्जन सुधारका लागि सामुदायिक संगठन सवलीकरण कार्यक्रम अन्र्तगत घुम्तीकोष अन्र्तगत १४ वटा समुहका १३ जना पशुपालक सदस्यलाई प्रतिव्यक्ति २५ हजार दरले ३ लाख ५० हजार रकम हस्तान्त्रण गरेको छ ।

जलवायु अनुकुलन समुदाय निर्माणका लागि समुहका ४ जना सदस्यलाई प्रति व्यक्ति १० हजार दरले ४० हजार, तरकारी नर्सरी गर्नको लागि समुहक ३ जना सदस्यलाई प्रति व्यक्ति २० हजारका दरले ६० हजार, पशुपालको लागि २ जना सदस्यलाई ९६ हजार ८ सयका दरले १ लाख ९३ हजार ६ सय रुपैया बरावरको चेक हस्तान्त्रण गरिएको छ । साथै सस्थाले समुहमा आवद्ध ३२ जना हजार दिने आमाहरुको पोषणको लागि ३ ओटाको दरले ३० हजार बारबरको लोकल कुखुरा र सस्थाको पशुप्राविधिक लाई ३० हजार बरारको औषधि वितरण गरको छ । यसरी जनशक्ति विकास समाजले जम्मा ७ लाख ३ हजार ६ सय रकम हस्तान्त्रण गरिएको सस्थाका कार्यक्रम व्यावस्थापन ज्योती थापाले जनकारी दिनु भएको छ । उक्त चेक बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, सहकर्मी समाजका घनश्याम आर्चायले संयुक्तरुपमा समुहका सदस्यहरुलाई हस्तारण गर्नु भएको थियो । कार्यक्रममा पालिका अध्यक्ष हिमालय त्रिपाठीे समाजले राम्रो काम गरेको धन्यबाद दिनु भयो । सस्थाले दिएको रकमले उद्यम, व्यावसायी गर्न सहयोग पुग्ने बताउदै, रकमको सही सदुपयो गरी आर्थिक स्तर बृद्धि गर्न आग्रह गर्नु भएको थियो । साथै सस्थाको अधुरो भवन निर्माणको लागि आफु सहयोग गर्ने जनाउनु भयो । उपाध्यक्ष लक्ष्मि कुमारी अधिकारीले सस्थाले राम्रो काम गरेको बताउदै, गाउँपालिका सग सहकार्य गरेर जना सहके अझै प्रभावकारी हुने कुरामा जोर दिनु भयो । साथै पालिकाले सस्थालाई चाहीने सहयोगम सदैव रहने बताउनु भयो ।

जनशक्ति विकास समाज २०६७ सालमा दर्ता भएरको समुदायमा आधारित कार्यसञ्जाल सस्था हो । बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकाको वडा न ११ र १२ मा आफ्नो कार्यक्षेत्र बनाएर सस्थाले कायम गर्दै आएको छ । सस्थाको पहिलो तहमा ४७ वटा सामुदायीक समुहमा ८ सय ४६ महिला र १५५ पुरुष गरी जम्मा १ हजार १ जना सदस्य रहेको सस्थाको प्रतिवेदनमा उल्लोख छ । दोस्रो तहमा ७ वटा वडास्तरीय मुल समिति बनाएर काम गरको छ । भने तेस्रो तहमा जनशक्ति विकास समाज समुदायमा आधारित कार्यसञ्जाल सस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जनशक्ति विकास समाज बर्दियाले २०२१ देखि विकास कोष नर्वेको वित्तिय सहयोग तथा सहकर्मी समाजको साझेदारीमा सञ्चालन गरिएको सशक्तिकरण र दिगोपनामा आधारित जीविको पार्जन सुधारका लागि समुदायिक संगठन सवलिकरण कार्यक्रम बढैयातालमा सञ्चालन गर्दै आएको छ । सस्थाले २०२१ सालमा ३ लाख ५९ हजार २ सय र २०२२ मा ५ लाख ३७ हजार रुपैया आफ्ना समुहको सदस्यलाई घुम्तिकोष वितरण गरको छ । जनशक्ति कृषी सहकारी लि क अध्यक्ष भङगी राम थारु अध्यक्षतामा भएको कार्यक्रम उदेश्य माथि सहकर्मी समाजका घनश्यम आर्चायले प्रकाश पार्नु भएको थियो । भने जनशक्ति विकास समाजका कार्यक्रम व्यावस्थापक ज्योती थापले सञ्चालन गर्नु भएको कार्यक्रमको स्वागत समाजका बिन्दु पौडेलले गर्नु भएको थियो । कार्यक्रमा समाजका कर्मचारी, समुहका सस्याहरुको सहभागिता रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *