खोजि गर्नुहोस..

विपी कोइरालाको ४१औँ स्मृति दिवसमा वृक्षारोपण

बिन्दु चौधरी
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस बाँसगढीमा पनि मनाइएको छ । कोइरालाको ४१औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको भातृृ संगठन नेपाल विद्यार्थी संघ बाँसगढीले बर्दिया बहुमुखि क्याम्पस परिसर वरिपरी वृक्षारोपण गरि स्मृती दिवस मनाएको हो ।

बर्दिया बहुमुखी क्याम्पस लक्षमणाका इकाई सभापति गणेश विकको सभाध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विपि कोईरालाको योगदानको बारेमा चर्चा गर्दै महामानव बिपि कोइरालाको जीवन तथा दर्शन बाट प्रेणा लिइ आम युवा बिद्यार्थीको जिवनमा लागू गरि बिपि कोइरालाको सपना पूरा हुने ने बि संघ बिद्यार्थीको हकहितका लागि भरपर्दो संगठन भएको बताएका थिए । सव डिभिजन वन कार्यलय बाँसगढीले वृक्षारोपनका लागि विरुवा उपलब्ध गराएको थियो । क्याम्पस परिसर भित्र अमला, अम्बा, कागती, कदम, छतिउन, सगुन लगाएतका विरुवा वृक्षारोपन गरिएको हो । यसैविच बाँसगढी नगरपालिका ६ मोतिपुरमा रहेको आर्दश माध्यामिक विद्यालयमा पनि ५० वटा विरुवा वृक्षारोपन गरी स्मृती दिवस मनाएको छ ।

नेपाली कांग्रेस नगर कार्यसमितिका सभापति लोहारी थारुको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य पुष्पलाल श्रेष्ठ, प्रदेस सभापति सविन कुमार थापा, जिल्ला उपसभापति सोदे विष्ट, नगर सचिव ओम प्रकाश पौडेल, युवा नेता राज थारु लगाएतले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको बताउनुभयो । गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए । कार्यक्रममा नेपाली कांग्रेसमा आवद्ध नेता, कार्यकर्ता तथा भातृ संघसंगठनको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *