खोजि गर्नुहोस..

प्राथमिक उपचार संम्बन्धी आधारभूत ३ दिने तालिम बाँसगढीमा सम्पन्न

साउन ४ गते
बर्दियाको बाँसगढी नगरपालिकामा ३ दिने प्राथामिक उपचार संम्बन्धी आधारभूत तालिम बिहिबार सम्पन्न भएको छ । इक्सनएड नेपालको आर्थिक सहयोग तथा राधा कृष्ण थारु जनसेवा केन्द्रको सझेदारी, नेपाल रेडक्रस बर्दियाको प्राबिधिक सहयोग र शिक्षा युवा तथा खेलकुद शाखा बाँसगढीको समन्वयमा तालिम भएको थियो । उक्त तालिममा बाँसगढी नगरपालिका भित्रका प्राबि र निमाबि बिद्यालयका २४ जना बालबालिकाहरु सहभागि भएका थिए । तालिमको अन्तिम दिन सहभागिको तर्फबाट संगम थापाले घर वरपर तथा बिद्यालयमा सानो देखि ठुलोसम्म कुनै पनि ठाँउमा चोटपटक लागेमा कसरी प्राथमिक उपचार गर्ने भन्ने कुरा सिकेको बताउनु भयो । त्यस्तै रुपराज खड्काले यस्तो तालिम बिद्यालय देखि गाँउ समुदायमा समेत आवश्यक रहेकोले ठाँउ ठाँउमा तालिमको आयोजना गर्न समेत आयोजक टिमलाई आग्राह गर्नु भयो ।

समापन कार्यक्रमको प्रमुख अतिथि बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा कुमारी चौधरीले तालिममा सिकेका ज्ञान, सिप र क्षमतालाई आफ्नो घरपरिवार देखि गाँउ ठाँउ र बिद्यालयमा समेत सिकाउन बालबालिकाहरु लाई सुझाव दिनु भयो । त्यस्तै शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले साना साना बालबालिकाहरुलाई आफ्नो बाल्यकालको अनुभव सुनाउदै सानै देखि सिकेको ज्ञान निकै प्रभावकारी हुने भएकोले यसलाई ब्यवहारमा ल्याउन समेत सुझाव दिनु भयो ।

नेपाल रेडक्रस बर्दियाका संयोजक कृष्ण प्रसाद गौतमले प्राथमिक उपचार कसैको जीवन रक्षाको लागि मात्रै भएकोले यो निकै महत्वपुर्ण सिप रहेको बताउनु भयो । साथै यसलाई सबैले प्रभावकारी रुपमा लिन समेत सुझाव दिनु भयो । ३ दिने तालिमको सजिकरण चक्र बहादुर थापा, महेश चन्द्र गौतम, अरोक प्रसाद श्रेष्ठ र कृष्ण प्रसाद गौतमले सहजिकण गर्नु भएको थियो । कार्यक्रममा राधा कृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक जितराम थारु, कोषाध्यक्ष एज्ञ राज पोख्रेल लगायत संन्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । भने कार्यक्रम संन्चालन यसै संस्थाका कार्यक्रम अधिकृत जयराम चौधरीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *