असार ३१ गते
बर्दियाको बढैयाताल गाँउपालिकामा २ सय २ जना अतिविपन्न बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेको छ । कमैया महिला जागरण समाज नेपालले पालिकाको वडा नं ४, ५, ६, ७ र ९ का अतिविपन्न तथा मुक्त कमैया परिवारका २ सय २ जना बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण गरेको हो । ६ देखि १० कक्षामा अध्ययन गर्ने प्रति व्यक्तिलाई २ हजार ३ सय ५६ रुपैया ६१ पैसा गरी कुल ४ लाख ७६ हजार ३७ रुपैया मूल्य बराबरको शैक्षिक समाग्रीहरु विद्यालय पोषाक, झोला, कपी, कलम, ज्यामेति बक्स वितरण गरिएको कमैया महिला जागरण समाज नेपालका समाजिक परिचालक खुशी राम चौधरीले बताउनु भएको छ । उहाँका अनुसार मुक्त कमैया समाजद्धारा अतिविपन्न तथा मुक्त कमैया परिवारका बालबालिकालाई छनोट गरी सामाग्री वितरण गरिएको हो । शैक्षिक समाग्री पाएपछि बिद्यार्थी बालबालिकाहरु खुसी भएका छन् भने अभिभावकहरुले बालबालिकाको पढाई लेखाईमा राहत महसुस गरेका छन् ।
त्यस्तै सामाग्री वितरण कार्यक्रममा बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले कमैया महिला जागरण समाज नेपालको कार्यक्रम प्रति एकदमै सन्तुस्त रहेको बताउनु भएको छ । संस्थाले बिगत बर्ष देखि विपद् व्यवस्थापन, तथा शिक्षा क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनु भयो । विद्यालयमा भौतिक संरचना निमार्ण तथा शिक्षालाई गुणस्तरिय बनाउनको लागि सहयोगी भूमिका खेल्दै आएको कारण संस्थाप्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको आपेक्षा गर्नु भएको थियो ।
पालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले संस्थाद्धारा प्राप्त सामाग्रीको पुर्ण सदुपयोग गरी आफ्नो पढाईलाई निरन्तरता गर्न बालबालिकाहरुलाई सल्लाह दिनु भएको थियो । वडा नं ९का वडा अध्यक्ष विर बहादुर थारुले बालबालिकाहरुको पढाईमा प्रोत्साहन होस भन्ने उद्देश्य सहयोग गरिदिएकोमा संस्थालाई धन्यवाद ब्यक्त गर्दै अभिभावकहरुले आफ्नो बालबालिकाहरु विद्यालय गई रहेको छ छैन भनि निगरानी गर्नका समेत अनुरोध गर्नु भयो । त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष तुलाराम थारुले विद्यालयमा निःशुल्क शिक्षा कार्यन्वयनका लागि जोड दिएको बताउनु भएको थियो ।