खोजि गर्नुहोस..

बाँसगढीमा विद्यालय सुधार योजना सम्बन्धी अभिमुखिकरण

असार २७ गते
बर्दियाको बाँसगढीका प्रधानाध्यापकहरुलाई विद्यालय सुधार योजना सम्बन्धी अभिमुखिकरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले बनाउदै आएको बार्षिक योजनालाई थप प्रभावकारी बनाउन विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालय सुधार योजना सम्बन्धी १ दिने अभिमुखिकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बाँसगढी नगरपालिका ४० विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

विद्यालय सुधार योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा थप सहयोग पुग्ने बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद साखा अधिकृत छत्र बहादुर शाहीले बताउनु भयो । जनजागृती प्राबि अमोहियाका प्रधानाध्यापक प्रतिमा डिसिले बिगत भन्दा अहिलेको आधुनिक प्रबिधि अनुसार बिषयबस्तु छनौट गर्नु पर्छ भन्ने जानकारी पाएको बताउनु भयो । त्यस्तै शिक्षा शाखा र बिद्यालयहरु बिच भएको कमी कम्जोरीलाई सुधार गर्दै अगाडी बढ्न मद्धत पुग्ने नेरा.मा.बि लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताउनु भयो ।

राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका कार्यक्रम संयोजक जितराम थारुले विद्यालय सुधार योजना बाँसगढीका सबै विद्यालयमा लागु भए जनसहभागिता बढ्नुका साथै शैक्षिक गुणस्तर बृद्धिमा जोड दिनु भयो । एक्सनएड नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारी र बाँसगढी नगरपालिकाको समन्वयमा कार्यक्रम भएको थियो । कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख खडक बहादुर खड्का, शिक्षा युवा तथा खेलकुद शाखा बाँसगढीका प्रमुख मन प्रसाद रेग्मी लगायतको उस्थििति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *