खोजि गर्नुहोस..

स्थानिय सरकारद्धारा बाँसगढीका कृषकलाई अनुदानमा फलफुलका विरुवा

बर्दियाको बाँसगढीमा कृषकलाई फलफुल खेतीमा व्यवसायीक बनाउन फलफुलका विरुवा वितरण गरिएकोे छ । कृषकहरुलाई फलफुत खेतीमा व्यवसायीक बनाउदै आयआर्जन सँग जाड्न बाँसगढी नगरपालिकाले ७५ प्रतिशत अनुदानमा आँप, लिचि, कागती, अम्बा, ड्राईगन फुट लगायतका फलफुलका विरुवा वितरण गरेको हो । स्थानिय सरकारले कृषकहरुलाई फलफुल खेती तर्फ आकर्षित गरी व्यवसायकरण गर्दै आयआर्जन सँग जोड्न र घरघरमा करेसा बारीको विकास गर्ने लक्ष्यका साथ किसानलाई फलफुलका विरुवा वितरण गरिएको नगर प्रमुख खडक बहादुर खड्काले बताउनु भयो ।

नगरपालिकाले कृषि विकास शाखा बाँसगढी, कृषि सेवा केन्द्र वेलवा र डेउढाकलाबाट कृषहरुलाई फलफुलका विरुवा वितरण गरिरहेको छ । बाँसगढी नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० को फलफुल खेती प्रबद्र्धन कार्यक्रम अन्तर्गत ३ हजार ६ सय १० वटा आँप, लिचि, कागती, अम्बा, ड्राईगन फुटका विरुवा वितरण गरिने कषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले बताउनु भयो । खड्काका अनुसार १ हजार ७ सय ५० कागती, ७ सय लिची, ६ सय ६० आप, ३ सय अम्बा र २ सय ड्राईगन फुटका विरुवा वितरण गरिने छ । हाल सम्म २ हजार फलफुलका विरुवा वितरण गरि सकेको र केही दिनमा सबै विरुवा वितरण गरिने खड्काले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *