खोजि गर्नुहोस..

बाँसगढीलाई गरियो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हुम कुमार चौधरी ।
बाँसगढी नगरपालिका पुर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा सगै महिला स्वास्थ्य स्वायसेवीकाको विदाई गरिएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाई पुर्ण खोप सुनिश्चिता दिगोपाना घोषणा गरे सगै सोही अवसरमा ६० वर्ष उमेर पुगेका सामुदायीक महिला स्वास्थ्य, स्वायसेविकाको विदाई गरेको हो । १५ हजार ३ सय ९९ घरधुरी रहेको बाँसगढीको १ देखि ९ वटै वडाका शुन्य देखि १५ महिना तलको १ हजार १ सय ७७ र १६ देखि ५९ महिना तलको ३ हजार ४ सय ६७ जना गरी ५ वर्ष तलका जम्मा ४ हजार ६ सय ४४ जना बालबालिकाले पुर्ण खोप पाए पछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम केसीले जनकारी दिनु भएको छ ।

पालिकाका सबै बालिकालिका शतप्रतिशत खोप लगाएर सुनिश्चित भएकोले पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा गरिएको थियो । अहिले बालबलिका खोज र खोप भन्ने नितिअन्र्तगत कुनैपनी खोप लगाउने उमेर समुहका बालबालिका खोपबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख के सीले बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सुर्य बहादु विष्टले पुर्ण खोप शुनिश्चितता पालिका घोषणा दिगोपाना तथा स्वायसेविका विदाई कार्यक्रममा बोल्दै खोप मानब जिवनको लागि अपरिहार्य रहेकोले सहजरुपमा पुरा गरेकोमा धन्यबाद दिनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले खोपको महत्वको बारे जानकारी गराउदै बाँसगढी नगरपालिका स्वास्थ्य क्षेत्रमा उदाहणीय काम गरको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभयो ।

सोही अवसरमा ६० वर्ष पुगेका ६ जना सामुदायीक महिला स्वास्थ्य स्वायसेविकालाई कदर पत्र, दोसल्ला र नगद ५५ हजार सहित नगरपालिकाले विदाइ गरेका छ । विदाई हुनेमा बाँसगढी २ का सरस्वती श्रेष्ठ, ३ का बस्दैया थारु, ५ का शिव कुमारी अधिकारी, वडा न का ६ कमला देवि सिलवाल, वडा न का ७ ज्ञानु देवि ब्राह्मण र वडा न ८ का पुतलि थपिनी लाई स सम्मान विदाई गरिएको छ । बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काका अध्यक्षतामा भएको कार्यक्रम जिल्ल समन्वय समितिका संयोजका सुर्य बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नगर उपप्रमुख ईन्दीरा चौधरी ,जिल्ला जिल्ला समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, ९ वटै वडाक वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयसेवीकाहरुको सहभागिता रहेको थियो । बाँसगढी स्वास्थ्य शाखाका कुल बहादु विष्टले सञ्चालन गरको कार्यक्रमको स्वागत प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *