हुम कुमार चौधरी ।
महालक्ष्मी विकास बैंक बाँसगढी शाखाले दृष्टिविहिन विद्यार्थीका लागि आवश्यक सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीमा अध्ययनरत ११ जना दृष्टिविहिन विद्यार्थीलाई सोमबार सामाग्री वितरण गरेको हो । दृष्टिविहिन बालबालिकालाई शिक्षण शिकाई क्रियाकलापमा सहज होस भन्ने उदेश्यले आवश्यक समाग्री वितरण गरिएको महालक्ष्मी विकास बंैक लि. बाँसगढी शाखा प्रमुख राम बहादुर विकले बताउनु भयो ।
दृष्टिविहिन बालबालिकालाई पढनपाठन गराउदै आईरहेको नेरा मावि बाँसगढीसँग समन्वय गरी सोही विद्यालयमा एक कार्यक्रमका विच बैंकको बाँसगढी शाखाले उक्त सहयोग सामाग्री प्रदान गरेको हो । दृष्टिविहिन बालबालिकाको लागि झोला, डे«स, भेष्ट, जुत्ता, टावेल, तन्ना स्याम्फु, साबुन, तेल लगाएत करिव ६० हजार रुपैया बढीको समाग्री सहयोगको रुपमा वितरण गरिएको छ । सामाग्री वितरण कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले बैक नाफामुखी मात्रै हुन्छन भन्ने बुझाईलाई चिर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री वितरण गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो ।
त्यस्तै नेरा मावि बाँसगढीका विद्यालय व्यवस्थापन समिति भिम खत्रीले विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाहरुलाई आवश्यक सामाग्री सहयोग गरेर महालक्ष्मी विकास बैकले उदाहरणीय कार्य गरेको बताउनु भयो । उहाँले अझै पनि विद्यार्थीहरुको लागि धेरै सामाग्रीहरुको आवश्यक रहेकाले आगामी दिनमा सहयोगको अपेक्षा समेत रहेको बताउनु भयो । सामाग्री वितरण कार्यक्रममा महालक्ष्मी विकास बैक लुम्बिनी प्रदेश (ख) का प्रमुख खगेन्द्र बहादुर साउदले महाँलक्ष्मी विकास बैंकले आफ्नो आम्दानीको एक प्रतिशत सामाजीक उत्तरदायीत्व अन्र्तगत आर्थिक रुपमा कमजोर समुदायी र विद्यालय लगाएतलाई सहयोग गर्दै आएको बताउनु भयो । उहाले नेरा माविका विद्यार्थीलाई सहयोग गर्न फाउदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।
काठमाडौको दरबार मार्गमा केन्द्रिय कार्यालय रहेको बैकले हाल सम्म १ सय ३ वटा शाखा मार्फत वित्तिय सेवा दिदै आएको महालक्ष्मी विकास बैक बाँसगढी शाखा प्रमुख राम बहादुर विकले जानकारी दिनुभयो । बैकले अघिल्ला बर्षहरुममा पनि सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत विभिन्न क्रियाकलाप गर्दै आएको उहाको भनाई छ । महाँलक्ष्मी विकास बैंक शाखा कार्यालय बाँसगढीका प्रमुख राम बहादुर विकको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा बाँसगढी नगरपालिका प्रमुख खडक बहादुर खड्का, वडा न ५ का वडा अध्यक्ष दहवा थारु, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भिम खत्री, महाँलक्ष्मी विकास बैंक लुम्बिनी प्रदेशका प्रमुख खगेन्द्र साउद, नेपालगंज शाखा प्रमुख बिन्दु प्रसाद शर्मा, बैकका कर्मचारी, शिक्षक, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेरा मावि बाँसगढीका प्रधानाध्यापक निराजन चापागाईले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत बैंकका लुम्बिनी प्रदेश (ख) प्रमुख खगेन्द्र बहादुर साउदले गर्नु भएको थियो ।