खोजि गर्नुहोस..

सामुदायिक विद्यालयलाई आफु खुशी शुल्क नलिन शिक्षा शाखा बारबर्दियाको निर्देशन

हुम कुमार चौधरी ।
बारबर्दिया नगरपालिकाले नगरभित्रका सम्पुर्ण सामुदायिक विद्यालयलाई आफुखुशी कुनै पनि शुल्क नलिन एक सुचना निकालेर निर्देशन दिएको छ । आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (१–१० कक्षासम्म) निःशुल्क घोषणा गरिएकोले सो घोषणा कार्यान्वयन गर्नको लागि पालिकाले सुचना निकालेर कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ मा उल्लेख भए बमोजीम विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्य पुस्तक शुल्क नलिन सुचनामा उल्लेख गरिएको छ ।

त्सैगरी अपाङ्गता भएका बालबालिकाको लागि पाठ्य सामग्री शुल्क, पूर्वाधार निर्माण शुल्क, अतिरिक्त क्रियाकलाप सञ्चालन शुल्क, खेलकुद शुल्क, विज्ञान प्रयोगशाला शुल्क र कम्प्युटर ल्याब शुल्क आदिक नामम शुल्क नलिन शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टीका नाथ गोसाई द्धारा हस्ताक्षरित सुचनामा निर्दैशित गरिएको छ । नगरपालिकाले २०७५ साला असार २८ गते निशुल्क शिक्षा घोषण गरेदेखि पालिकाले हरेक वर्ष कुल बजेटको २८ देखि ३२ प्रतिशत सम्म शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको पातिकाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा समेत सशर्त अनुदान तर्फ २६ करोड २० लाख र आन्तरिक स्रोत तर्फ शिक्षायुवा तथा खेलकुद शाखामार्फत खर्चहुने ६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी बालबालिका संरक्षण केन्द्र व्यवस्थापन खर्च ३० लाख र शहिद विष्णुधनि बहुप्राविधिक शिक्षालयका लागि ५० लाख गरी जम्मा ७ करोड विनियोजन भएको सुचनामा उल्लेख गरिएको छ । शिक्षामा पर्याप्त बजेट रहेकोले कुनै पनि शुल्क लिनु पर्ने अवस्था नरहेको शाखा प्रमुख गोसाइ जानकारी दिनु भएको छ । पालिकाबाट आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह निःशुल्क घोषणा कार्यान्वयन गर्नु पर्ने उल्लेख गरिएको छ । यदि पालिकाबाट जारी निर्देशन विपरीत कुनैपनि विद्यालयले उल्लेखित शिर्षकमा शुल्लक लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *