खोजि गर्नुहोस..

बाँसगढीमा भव्यताका साथ मनाईयो धान दिवस तथा रोपाई महोत्सव

हुम कुमार चौधरी ।
२० औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बाँसगढीमा भव्यताका साथ मनाईएको छ । मानो लगाएर मुरी फलाउने दिनको रुपमा असार १५ अर्थात धान दिवस तथा रोपाई महोत्सव बाँसगढीमा भव्यताका साथ मनाईएको हो । बाँसगढी नगरपालिका, एकिकृत कृषि तथा पशुपंन्छि विकास कार्यालय बर्दियाको आयोजना र जनसेवी कृषक समूहको व्यवस्थापनमा धान रोपाई महोत्सव मनाईएको हो ।

बाँसगढी नगरपालिका वडा न ५ शान्ति मार्गमा रहको जनसेवी कृषक समुहको ५ कट्ठा क्षेत्रफलमा नगरपालिकाका जनप्रतिनिधि, एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, पुर्व नगर प्रमुख, उपप्रमुख, बाँसगढी कृषि विकास शाखा, सहकारी, कृषक समुह, कृषकले धान रोपी दहि चिउरा खाएर दिवस तथा महोत्सव मनाएका हुन ।

जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ सुरु भएको धान महोत्सव बाँसगढीका नगर प्रमुख खड्क बहादुर खड्को अध्यक्षतामा भएको हो । कार्यक्रमा एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले २० औ धान दिवस मनाई राख्दा धान उत्पादनमा आयमी परिवर्तन भएको बताउनु भयो ।

उहाँले नेपालमा धानको उत्पादन बढ्नुको साथै खपत पनि बढ्दै गएकोले अव नेपाललाई धानाम कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने चासोको विषय भएको कुरामा जोड् दिनु भयो । बर्दिया धान उत्पादमा आत्मा निर्भर जिल्ला रहेको बताउदै यहाँ ५० हजार २ सय ५२ होक्टर क्षेत्रमा धान खेती हुने गरेको बतउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *