हुमकुमार चौधरी, असार १० गते /
बर्दियाको बारबर्दिया नगरपालिको शनिवार प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमा सर्वसहमति बाट पारित गर्दै बजेट ल्याएको छ । शनिवार नगर उपप्रमुख रत्न पाण्डेले १३ औँ नगर सभामा आर्थिक वर्ष २०८०।०८१ को प्रस्तुत गरको निति तथा कार्यक्रम सभाबाट पारित गर्दै बजेट ल्याएको हो । नगरपालिकाले वडा स्तरिय बजेट, बन बातावरण तथा विपद व्यावस्थापन, स्वास्थ्य, शिक्षा, युवा तथा खोलकुद, लक्षित वर्ग, कृषि तथा पशु विकास, स्वारोजगार कार्यक्रम लगाएत विषयगत शाखाले गर्ने सेवालाई जोर दिदै ८६ करोड बढी सर्वजनिक गरको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ८६ करोड ३६ लाख, ९८ हजार रुपैयाको बजेट नगर उपप्रमुख रत्न पाण्डे प्रस्तुत गर्नु भएको हो । जसअन्र्तगत सघिय सशर्त ४९ करोड ९० लाख, प्रदेश सर्शत २ करोड ८७ लाख र नगरतर्फ ३३ करोड ६० लाख ९८ हजार रहेको छ । नगर स्तरिय कार्यक्रमको लागि नगर उपप्रमुख रत्न पाण्डेले नगरको चालु फर्त १५ करोड ५० लाख र विकास निर्माण तथा योजना संचालन गर्न पुजीगत खर्च तर्फ ८ करोड ९५ लाख बजेट विनियोजन गर्नु भएको छ ।
भु सेवा केन्द्र संचालनको लागि १५ लाख, खानेपाली तथा स्वच्छताको लागि २० लाख जनता सग मेयर कार्यक्रमको लागि ३० लाख जनता सग किसान कार्यक्रमको लागि १ करोड, ४ नम्वर स्वास्थ्य कार्यालय भवन निर्मण योजना ३८ लाख, नयाँ बन्ने वडा कार्यालय भवनको लागि ८० लाख काठे पुल विस्थापनको लागि २५ लाख, नगरपालिका शहरी क्षेत्रमा सडक नाली निर्माणका लागि संघिय सरकारसग साझेदरी गर्नका लागि ८० लाख विनियोजन गरिएको छ । त्यसैगरी नगर कर्वड हल फिनिसिगंका लागि संघीय सरकारसग साझैदारी ४५ लाख अलुखेती प्रवद्र्धनको लागि १० लाख सिमसार क्षेत्र संरक्षण र प्रवद्र्धको लागि २५ लाख गौशाला व्यावस्थापमा ५० लाख बजेट विनियोजन गरिएको छ । शिक्षा युवा तथा खेदकुद शाखा तर्फ शिक्षामा सार्वजनिक विद्यालय शैक्षिक गुणस्तर अभिबृद्धि गरि अनिर्वाय निशुल्क आधारभुत शिक्षा सुतिश्चितालाई निरन्तरत दिई समग्र शैक्षिक विकासका लागि ६ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फ नगरको समग्र स्वस्थ्य क्षेत्रको विकासको लागि ३ करोड २५ लाख, कृषि तर्फ कृषकको आयआर्ज बृद्धि, विउ र कृषि समाग्रीको सुलभ पहुच गर्न कृषि प्रविधि हस्तान्तरण एव कृषिजन्य उत्त्पादन बृद्धिको लागि ५४ लाख, पशु सेवा शाखा तर्फ व्यावसायीक पशुपालन व्यावसाय गरी आत्मानिर्भर उन्मुख गराउनको लागि ४५ लाख, महिला शाखा तर्फ नगरमा बसोबास गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक, द्धन्द्धपिडित, अपांग, एकल महिला दलित, बादि समुदाय लगायतको उचित समाजिक सुरक्षा स्थापित गरी न्यायपुर्ण समाज स्थापन गर्न २५ लाख बजेट छुट्ईको छ । त्यसैरी आर्थिक विकासको लागि १० लाख, न्यायीक समितिको लागि ३० लाख बन बातावरण तथा विपदव्यावस्थापन तर्फ ४० लाख रुपैया विनियोजन गरिएको छ । नगरको गौरव र प्रतिष्ठा बढाउनका लागि आाम सर्वसाधरणको सबै भन्दा नजिकक सरकारक रुप्मा रहेको ११ वटै वडालाई जम्मा ५ करोड १५ लाख बाडफाड गरि विनियोजन गरिएको छ । यसै विच नगरसभामा उपप्रमुख रत्न पाण्डेले पेश करेको बारबर्दिया नगरपालिकाको विनियोजन विधेयक २०८० पनि नगर सभाले सर्वसहमत पारित गरको छ ।