खोजि गर्नुहोस..

बाँसगढीको बजेट ८४ करोड ८२ लाख ९१ हजार


रावन विश्वकर्मा /
बर्दियाको बाँसगढी नगरपालिकाले ८४ करोड ८२ लाख ९१ हजार १ सय २० रुपैयाको बजेट ल्याएको छ । आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रम कार्यान्वयनको लागि नगरपालिकाले ८४ करोड ८२ लाख ९१ हजार १ सय २० रुपैया बराबरको बजेट ल्याएको हो । बाँसगढी नगरपालिकाका नगर उपप्रमुख ईन्दिरा चौधरीले आईतबार १३ औँ नगर सभाको तेस्रो बैठकमा नगरपालिकाको आर्थिक बर्ष २०८०।०८१ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत आगामी बर्षको बजेट चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ७ लाख कम विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७९।०८० को लागि नगरपालिकाले ८४ करोड ८९ लाख ९७ हजार बिनियोजन गरिएको थियो । नगर सभामा प्रस्तुत आगामी बर्षको अनुमानित बजेट वक्तव्यमा चालु खर्च तर्फ ४८ करोड २० लाख ५१ हजार र पुँजीगत तर्फ ३६ करोड ६२ लाख ४० हजार १ सय २० रुपैया खर्च हुने अनुमान गरिएको छ । बजेटमा संघिय, प्रदेस र आन्तरिक स्रोतहरुको बिभिन्न शीर्षकमा आम्दानीको प्रक्षेपण गरिएको छ । नगर उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा संघीय सरकार वित्तिय समानीकरण अनुदान तर्फ १४ करोड ८७ लाख, सशर्त अनुदान ३२ करोड १९ लाख, बिशेष अनुदान तर्फ १ करोड २० लाख, समपुरक अनुदान ५० लाख, राजश्व बाँडफाँड १३ करोड ४७ लाख ५८ हजार र राजश्व बाँडफाँड बन रोयल्टी तर्फ ८ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

त्यस्तै प्रदेस सरकार वित्तिय समानीकरण अनुदान तर्फ १ करोड १२ लाख ३८ हजार, सशर्त अनुदान ९१ लाख ५० हजार, बिशेष अनुदान ७० लाख, समपुरक अनुदान १ करोड ५० लाख, राजश्व बाँडफाँड १ करोड ७२ लाख ४५ हजार १ सय २० रुपैयाँ र घर जग्गा रजिष्टेसन मालपोत कार्यालयबाट ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । आन्तरिक स्रोतबाट ३ करोड, नदीजन्य पदार्थ(ढुङ्गा, गिट्टी र बालुवा) विक्रिबाट ३५ लाख आम्दानी हुने प्रक्षेपण बजेटमा गरिएको छ भने १२ करोड अघिल्लो बर्षको अ.ल्या रकमको रुपमा बजेटमा राखिएको छ ।

विश्वव्यापी आर्थिक परिदृश्य तथा राष्ट्रिय अर्थतन्त्रमा शिथिलता उत्पन्न भई समग्र अर्थतन्त्र समेत दबाबमा रहेकाले बाँसगढी नगरपालिका पनि प्राभावित बनेको र उच्च व्याजदर, समष्टिगत मागमा कमी, आर्थिक गतिविधिमा आएको सुस्तता लगायतका कारणले पुँजीगत खर्च अपेक्षाकत रुपमा बढ्न नसकेको र फराकिलो आर्थिक बृद्धि हासिल गर्ने चुनौती रहेको बजेटमा उल्लेख गरिएको छ । “सुन्दर हरियाली र सफा सहर ः समृद्ध र समुन्नत बाँसगढी नगर” को सपना साकार पार्न कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद,रोजगारी सृजना, भौतिक पुर्वाधार विकास, सामाजिक विकास, गरिवी निवारण लगायतका क्षेत्रको समग्र विकास गर्ने तर्फ बजेट केन्द्रित छ । युवालाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न र “उत्पादन हातमा ः अनुदान साथमा” भन्ने उदेश्यलाई कार्यान्वयन गर्न कृषि विकास कार्यक्रमका लागि १ करोड ५० लाख, कृषि तथा उद्यम सञ्चालन गर्ने युवाहरुलाई सहुलियतदरमा युवा स्वरोजगार कृषि कर्जा प्रदान गर्नका लागि सहकारी साझेदारी कोषको निर्माण गर्न १ करोड र समग्र पशु विकास कार्यक्रमका लागि १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै हप्तामा एक बार एक सीप कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप सीपयुक्त विद्यार्थीको विकासका लागि शुक्रबारलाई स्किन डेपलपमेन्ट डे का रुपमा सञ्चालन गर्न विद्यालयमा एक दिन जीवनोपयोगी शिक्षा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ भने पढ्दै कमाउदै कार्यक्रम, नमुना विद्यालय विकास कार्यक्रम, खेलकुद विकास र शिक्षालाई उच्च गुणस्तरीय, प्रभावकारी र प्रयोगात्मक बनाउन शैक्षिक विकास कार्यक्रमका लागि ४ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षमा कम्तिमा एक आधारभुत विद्यालय र एक माध्यामिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न समेत आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख चौधरीले प्रस्तुत बजेटमा उल्लेख छ ।

नगरपालिकाले स्वास्थ्य सेवाको विकासमा १ करोड २० लाख रुपैया, महिला, बालबालिका तथा जेष्ठ नागरिक तर्फ समग्र ५० लाख रुपैया विनियोजन गरिएको छ । बजेटमा एक वडा एक गौरवको आयोजना कार्यक्रमको सुरुवात गरिने छ । जसका लागि प्रत्येक वडामा कम्तिमा एक गौरवको आयोजना कार्यान्वयन गरी भौतिक पुर्वाधार विकासलाई तिव्रता दिन विभिन्न वडामा सडक स्तरोउन्ती, कालोपत्रे, भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै नगरमा रहेका सबै बाटाहरुलाई आगामी ३ बर्ष भित्र गुणस्तरीय ग्राभेल गरी कालोपत्रेका लागि तयार गर्न, विद्युत विस्तार गर्न, ग्याँस चुल्होलाई क्रमश विस्तापित गर्दै विद्युतिय चुल्होलाई बढाउन ४ नं वडाबाट विद्युतिय चुल्हो प्रयोग गर्न अभियान सञ्चालन गर्न विद्युतिय चुल्हो अनुदानस्वरुप उपलब्ध गराउन, अति आवश्यक देखिएका ठाँउहरुमा ह्यामपाईप, तटबन्धन, कल्र्भट तथा पुलपुलेसा निर्माणका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको छ । शून्य बेरुजुको नगरपालिका बनाउन आन्तरिक नियन्त्रण प्रणाली विकास गरी बेरुजु न्यूनीकरण तथा लेखापरीक्षण कार्यलाई व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षण निर्देशिका तयार गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाबाट हुने सेवा प्रवाहमा हुनसक्ने कमजोरी, ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलाई अन्त्य गर्न गुनासोको शिघ्र सुनुवाई गर्ने प्रणालीको विकासका लागि क्विक रेस्पोन्स टिम (त्तगष्अप च्भकउयलकभ त्भबm) को निर्माण गरी २४ सै घण्टा परिचालन गरिने र सो टिमले गुनासो सुनी सोको जतिसक्दो चाँडो फछ्यौट गर्न हेलो मेयर, मेयर सँग जनता कार्यक्रम, गुनासो सुन्न शुल्क नलाग्ने टोल फ्रि फोन नम्बर, ह्वाट्सएप नम्वर, सार्वजनिक सुनुवाई र सेवाग्राही सन्तुष्टी सर्वेक्षण कार्यक्रम संचालन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बाँसगढी नगरपालिकाको दिर्घकालिन सोचलाई साकार पार्न प्रस्तावित बजेट तथा कार्यक्रमले महत्वपुर्ण योगदान पुर्याउने समेत विश्वास गरिएको छ ।

नगर सभामा आगामी बर्षको बजेट सँगै नगर उपप्रमुख ईन्दिरा चौधरीले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८० समेत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नगर प्रमुख खडक बहादुर खड्काले बाँसगढी नगरपालिकाको नगर शिक्षा ऐन २०७५ मा दोस्रो संसोधन नगरसभा बैठकमा प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख खडक बहादुर खड्काको अध्यक्षतामा भएको नगर सभाको तेस्रो बैठकमा नगर उपप्रमुख ईन्दिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *