असार ९ गते
बाँसगढी नगरपालिका वाड नं २ बेतहनीको एक सामुदायिक वन समूहले विद्यालयमा चौतारी बनाउन आर्थिक सहयोग गरेको छ । बाँसगढी नगरपालिका वाड नं २ मा रहेको हात्तीसार मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूहले काठ, दाउरा बेचेर भएको आम्दानीबाट सोही वडाको सरस्वती आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको हो । वन समूहका अध्यक्ष राज थारुले शुक्रबार विद्यालयको पिपल चौतारी निर्माणका लागि १० हजार एक सय ५ रुपैया सहयोग गरेको सामुदायिक वनका अध्यक्ष राज थारुले जानकारी दिनुभयो ।
सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यपक किसनसिंह ठकुरीले विद्यालयमा विगत लामो समय देखि जिर्ण अवस्थामा रहेको पिपल चौतारालाई मर्मत सम्भार तथा मञ्च निर्माणका लागि हात्तीसार सामुदायिक वनले रकम प्रदान गर्दा सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालयको आर्थिक अवस्था निकै दयनीय भएकाले सामुदायिक वनले सहयोग गरेकोले विद्यालय परिवारको तर्फबाट धन्यवाद ब्यक्त गर्नुभएको थियो । हात्तीसार मध्यवर्ति सामुदायिक वन समूहले सामुदायिक वनको काठ, दाउरा बेचेर भएको आम्दानी सामाजिक काममा लगाउने गरेको समूहका अध्यक्ष राज थारुले बताउनुभयो ।