खोजि गर्नुहोस..

बढैयाताल गाँउपालिकाको निति तथा कार्यक्रम पारित

असार ८ गते
बर्दिया बढैयाताल गाँउपालिकाको आगामी बर्षको निति तथा कार्यक्रम पारित गरिएको छ । गाँउपालिकाको १३ औँ गाँउ सभामा अध्यक्ष हिमालय त्रिपाठीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रममा सभाले पारित गरेको हो । गाँउपालिकाले कृषि तथा सिचाई, पशुपन्छी र मत्स्त्यपालन, घरेलु तथा साना उद्योग, वाणिज्य तथा व्यापार र रोजगारलाई बिशेष लक्षित गरेर निति तथा कार्यक्रम ल्याएको छ ।

त्यस्तै, पर्यटन प्रवर्धन, धर्म संस्कृति र कलालाई संरक्षण गर्दै खानेपानी तथा सरसफाईमा गुरुयोजना बनाएर कार्यान्वयन गर्ने, सडक तथा पुल, भवन, सहरी बिकासमा जोड दिदै बन भु तथा जलाधार, बिपद् जोखिम र फोहोर ब्यवस्थापनमा जोड दिने दिदै सुशासन तथा सेवा प्रवाह र सूचना प्रबिधिमा समेत सुधार ल्याउने गाँउपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ । गाँउपालिकाका अध्यक्ष त्रिपाठीले गाँउ सभामा प्रस्तुत गरेको निति तथा कार्यक्रम सभामा छलफल पछि बहुमतले पारित गरिएको थियो ।

निति तथा कार्यक्रममा सभाका केही सदस्यहरुले सुझाव राखेको र आएका सुझावलाई गाँउपालिका अध्यक्ष त्रिपाठीले समर्थन समेत जनाउनु भएको थियो । गाँउ सभाको असार १० गते १ बजेका लागि बोलाईएको अर्को बैठकमा आर्थिक बर्ष २०८०।०८१ को बजेट प्रस्तुत गरिने गाँउपालिका अध्यक्ष हिमाले त्रिपाठीले बताउनु भयो । त्यस्तै गाँउ सभामा न्यायिक समितिका संयोजक तथा पालिकाका उपाध्यक्ष लक्ष्मि कुमारी अधिकारीले आर्थिक बर्ष २०७९।०८० को न्यायिक समितिले गरेको प्रतिबेदन समेत पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *