खोजि गर्नुहोस..

बाँसगढी नगरपालिकाको १३ आँै नगर सभा सुरु, निति तथा कार्यक्रम प्रस्तुत

बर्दियाको बाँसगढी नगरपालिकाको १३ औँ नगर सभा सुरु भएको छ । बाँसगढी नगरपालिकाको सभाहलमा सोमबार देखी नगर सभा सुरु भएको हो । १३ औँ नगर सभाको पहिलो बैठकमा नगर प्रमुख खड्क बहादुर खड्काले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । १७ पृष्ठ लामो १ सय १ बुदे निति तथा कार्यक्रम कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, खेलकुद, पर्यटन लगायतमा बिशेष केन्द्रित रहेको छ ।

नगर प्रमुखले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ । खाउँ आफ्नै बारीको, नखाउँ सिमापारीको भन्ने उदेश्यका साथ स्थानिय उत्पादकत्व बृद्धि गरी एक घर एक करेसावारी कार्यक्रम, एक वडा एक कृषि पकेट क्षेत्र, खनौ आफ्नो माटोः छोडौ बिदेशको बाटो अभियान अन्तर्गत बैदेशिक रोजगारीबाट फर्केका र बैदेशिक रोजगारीमा जान बाध्य हुने युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न युवा स्वरोजगार कृषि कार्यक्रम संचालन गरिने उल्लेख गरेको छ । कृषि योग्य जमिनलाई बाँझो नराख्ने तथा बाझो खेतलाई लिज वा भाडामा लिई कृषि गर्ने निति अबलम्बन गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।

खेतबारीमा पानी ः खाडीमा हैन नगरमै जवानी, बालिमा बिषादी, स्वास्थ्यमा बर्बादी, उत्पादन हातमा, अनुदान साथमा, किसानसँंग स्थानिय सरकारः कृषिको समग्र विकास, रोजगारी सृजनाको आधार भन्ने अभियानका साथै परम्परागत निवाशमुखि कृषि प्रणालीलाई कृषिको यान्त्रिकरण, धानुनिकीकरण र ब्यवसायिकरण गरी उत्पादनमुलवक दिगो कृषि प्रणालीलाई जोड दिएको छ । त्यस्तै एक वडा एक कृषि÷पशु प्राविधिक कार्यक्रम, म पनि बन्छु उद्यमी कार्यक्रम, व्यवसाय बीमा अभियान कार्यक्रम लगायतका कार्यक्रमहरु समेत निति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै दिगो विकास ः सन्तुलित विकास, सुरक्षित भवन ः बलिया संरचना, विकासमा साझेदारी, निर्माण बन्द प्रभावकारी, पाँच बर्ष सडक विस्तार ः पुर्वाधारको आधार, एक वडा एक गौरवको आयोजना, तपाईको क्षमता हाम्रो लगानी ः पढौँ पढाऔँ गरौ आम्दानी, पढ्नलाई आधार दिन्छ मेरो सरकार, शिक्षामा सबैको सहभागिता ः शैक्षिक सुधारमा हाम्रो प्रतिवद्धता, बालबालिकामा लगानी बुढेसकालमा आम्दानी अभियानका साथ नगर प्रमुख शैक्षिक सरोकार कार्यक्रम समेत सञ्चालन गरिने छ ।

एक विद्यालय एक फुलबारी, हप्तामा एक बार एक सिप कार्यक्रम लागु गरी गुणस्तरिय र जीवनोपयोगी शिक्षा बनाउने कार्यमा जोड दिईने छ भने पढाऔँ, सिकाआँै र विकाऔँ भन्ने उदेश्यका साथ प्राविधिक शिक्षाको व्यवस्थापन, संस्थागत विद्यालयको नियमन, सामुदायिक क्याम्पसको स्तरोन्नती तथा व्यवस्थापन गरी सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सामुदायिक क्याम्पस सँग साझेदारी र संस्थागत विद्यालय सँग अन्तर सम्बन्ध कायम गरी अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गरिने छ । बाँसगढीमा खेलाडी ः सधै अगाढी भन्ने अभियानका साथ स्थानियस्तरका विभिन्न विद्याका खेलकुदहरु आयोजना गरि नयाँ खेलाडीको क्षमता पहिचान र प्रोत्साहित गरिने छ ।

बाँसगढी नगरपालिका भित्र स्वास्थ्य सेवालाइृ सर्वसुलभ र प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य संस्थाहरुको विस्तार, व्यवस्थापन र स्तरोन्नती गर्न स्वास्थ्य जनशक्ति उत्पादन, दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन, अनुसन्धान, प्रयोगशाला स्थापना र सञ्चालन, स्वास्थ्य उपकरण र पुर्वाधारको समुचित व्यवस्था मिलाईने, बाँसगढी क्षेत्रमा सडक दुर्घटना न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम गर्ने, नगरपालिकाका स्वास्थय संस्थाहरुमा सुत्केरी हुन नसक्ने अवस्थाका सुत्केरी र बाँसगढी क्षेत्रमा हुन सक्ने सडक दुर्घटनाका घाईतेहरुको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यस्था गरिने नगर सभामा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ ।

सुन्दर हरियाली र सफा, समृद्ध र समुन्नत बाँसगढी नगर बनाउने देखी सामुदायिक बनलाई आयआर्जन सँग जोडने खालका कार्यक्रमहरु निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक छोरी एक बैक खाता कार्यक्रमलाई निरन्तरता, नगर भित्र सञ्चालन हुने अटो रिक्सा तथा ई रिक्साको व्यवस्थापन र नियमनका लागि ईरिक्सा दर्ता तथा सञ्चालन प्रर्णाली बनाई कार्यान्वयन गरिने छ । नगर सभाको दोस्रो बैठक मंगलबार दिउसो २ बजे बस्ने गरि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *