खोजि गर्नुहोस..

पुष्पनगरलाई पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा

असार २ गते

बर्दियाको बाँसगढी नगरपालिका वडा नं– ३ पुष्पनगर टोललाई पोषणमैत्री स्थानिय शासन प्रवद्र्धन तथा पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच पूर्ण स्वस्थकर ब्यवहार उन्मुखका लागि सरसफाईका सबै सूचकहरु पूरा गरेपछि १७० घरधुरी रहेको पुष्पनगर टोललाई पोषणमैत्री स्थानिय शासन प्रवद्र्धन तथा पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको हो । बाँसगढी नगरपालिकाको आर्थिक सहयोग, ३ नं वडा कार्यालयको समन्वय र पुष्पनगर टोल विकास सस्थाको आयोजनामा टोललाई पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको हो ।

पुष्पनगर टोललाई बाँसगढी नगरपालिकाको दोस्रो पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको छ । यसभन्दा पहिला बाँसगढी ४ लक्ष्मणपुर टोललाई नगरपालिकाको पहिलो पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिसकेको छ । घोषणा कार्यकममा बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका संयोजक धनश्याम केसीले सरसफाईका सूचकहरु प्रस्तुतगर्दै फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले सरसफाईमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । टोललाई सफा र स्वच्छ राख्न सबै समुदाय लाग्नुपर्नेमा उहाँको जोड छ ।

पुष्पनगर टोलका स्थानियहरुले टोल सफा स्वच्छ गाउँ घर बनाई रोग लाग्न नदिई स्वास्थ्यमा सुधार ल्याउने, स्वस्थकर ब्यवहारमा सकारात्मक परिर्वतन ल्याउने पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा कार्यक्रममा प्रतिवद्धता समेत गरेका छन् । कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खडकाले नमूना टोल बनाउन सफल भएकोमा सम्पूर्ण ३ नं वडावासी लगायत विभिन्न संघ संस्थालाई धन्यावाद दिनुभयो । उहाँले फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सीमित नराख्न अनुरोध गर्नुभयो ।

यस्तै बाँसगढी नगरपालिका –३ का वडाअध्यक्ष रामचन्द्र थारुले स्थानिय वडाबासिको अथक प्रयासले पुष्पनगर टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको बताउनुभयो । यसका लागि सबैसँग आगमी दिनमा समन्वय र सहकार्य गरेर यो भन्दा बढी अग्रसर भएर अगाडि बढ्र्दै जाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमा बाँसगढी नगर अस्पताल ब्यवस्थापन समिीतका अध्यक्ष सुरेश रेग्मीले मानव जीवनको आवश्यकता मध्येका महत्वपूर्ण विषय सरसफाई रहेको बताउनुभयो । मान्छे स्वस्थ्य जीवन विताउन व्यक्तिगत सरसफाईदेखी वातावरणीय सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बाँसगढी नगरपालिकाका वडाअध्यक्षहरु, स्वास्थ्य सस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वंयमसेविका, स्थानिय लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *