खोजि गर्नुहोस..

बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणाको निर्वाचन सम्पन्न

जेठ २७ गते
बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणाको क्याम्पस व्यवस्थापन समितिको निर्वाचन सकिएको छ । क्याम्पस व्यवस्थापन समितिको लागि शनिबार विहान ८ बजे देखी ४ बजे सम्म भएको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । निर्वाचन समितिका अनुसार ८ सय ९३ परिषद् सदस्य मध्य ७ सय ८० मत खसेको छ । क्याम्पस व्यवस्थापन समिति अध्यक्षको लागि त्रिपक्षिय प्रतिस्पर्धा छ । क्याम्पस अध्यक्षका लागि नेकपा एमालेका सुन्दर ढकाल, नेपाली काँग्रेसका मान बहादुर ओली र स्वतन्त्र रुपमा मिन बहादुर विकको उम्मेदवारी परेको छ ।

सुन्दर ढकाल नेतृत्वको संयुक्त प्यानलमा भक्तिराम अधिकारी उपाध्यक्ष, सदस्यहरुमा बोधराज गौतम, सिताराम थारु, उमाकान्त चापागाई, राम कुमार थारु, चन्द्रिका प्रसाद थारु, गया प्रसाद थारु, कसिङ्ग बुढा, गोविन्द शर्मा, लक्षमण कुमार चौधरी, फट्टु थारु, नन्दराम जैसी, मधुरा प्रसाद थारु रहेका छन् । भने बुद्धम कुमारी थारु महिला सदस्यको उमेद्ववार हुनुहुन्छ । त्यस्तै लेखा समितीमा प्रेम बहादुर खड्का संयोजक गंगा वली र दान बहादुर विक सदस्य रहेका छन् ।

त्यस्तै मान बहादुर ओलीको प्यानलबाट गंगाराम थारु उपाध्यक्ष, सदस्यमा निलकन्ठ शर्मा भुषाल, शुसिला विक, राजेन्द्र जंग शाह, उमानाथ उपाध्याय, मोहम्मद मुस्तिकिन जांगा, रमेश कुमार यादव, रुमा न्यौपाने, कर्ण बहादुर रोकाया, दिप खत्री, डम्मर बहादुर बुढा, तारानाथ पराजुली र ओमप्रकाश बुढाथोकी खुल्ला सदस्यमा रहेका छन् । भने महिला सदस्यमा ज्ञानु रिजाललाई राखिएको छ । लेखा समितीमा कृष्ण प्रसाद सुवेदी लेखा संयोजक नारायण शर्मा र अन्जना कुमारी विष्ट छन् । त्यस्तै अध्यक्ष पद मिन बहादुर विकको स्वतन्त्र रुपमा एकल उम्मेद्वारी परेको छ । सञ्चालक समितिको सदस्य सचिवमा भने क्याम्पस प्रमुख पदेन रहने व्यवस्था छ । मतगणनाको तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *