जेठ २६ गते
बर्दियाको बढैयाताल गाँउपालिका वडा नं ७ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । ७ नं वडा कार्यालय र वडा स्तरिय बाल अधिकारी समितिको संयुक्त आयोजना र विभिन्न संघ संस्था बाँके युनेस्को क्लव, विग्रुप, आवाज सस्था, कमैया महिला जागरण समाज नेपाल, शान्ति पुर्नस्थापना गृह, युवा गोचाली क्लव, प्लान ईन्टरनेश्नल नेपाल र जनजागरण महिला सघको सहयोग तथा समन्वयमा बढैयाताल ७ नं वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
७ नं वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा भएको घोषण कार्यक्रममा गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडी, निवर्तमान प्रदेश सदस्य कविराम थारु, शिक्षक अभिभावक, विद्यार्थी लगाएत विभिन्न सघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहको थियो ।
बाल विवाह घोषणा कार्यक्रममा बढैयाताल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडीले गाउपालिकालाई २०८१ को चैत सम्म बालविवाह मुक्त पालिका घोषण गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । जसका लागि सरकारी तथा गैरसरकारी संघ संस्था, विद्यालय, अभिभावक र सम्पुर्ण सरोकारवालहरुले समन्वयकारी भुमिका खेल्न अनुरोध समेत गर्नुभयो ।