खोजि गर्नुहोस..

गर्मीका कारण बाँसगढीमा ५ दिन विद्यालय बन्द गरिने

जेठ २६ गते
बर्दियामा अत्याधिक गर्मी बढे सँगै बिद्यालय बन्द गर्न थालिएको छ । पछिल्लो केही दिन देखी अत्याधिक गर्मी सँगै तातो हावा(लु) चल्न थाले सँगै जनजीवन समेत प्रभावित बनेको छ । गर्मीले बालबालिको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै बर्दियाका विभिन्न स्थानिय तहहरुमा विद्यालय बन्द गर्न थालिएको छ । बाँसगढी नगरपालिकामा पनि सामुदायिक तथा संस्थागत विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ ।

बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव मन प्रसाद रेग्मीले एक सुचना जारी गर्दै अत्याधिक गर्मीका कारण बर्षे विदामा कट्टी हुने गरी पाँच दिन विद्यालयमा बिदा गरिने छ । जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बाँसगढी नगरपालिका शिक्षा शाखाका अधिकृत छत्र बहादुर शाहीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेलसियस र त्यो भन्दा माथि मापन हुन थालेको छ ।

जसका कारण दिउँसोमा लु तातो हावा चल्ने गरेको छ । गर्मी बढेका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । बाँसगढी नगरपालिकामा ४० सामुदायिक र १७ वटा संस्थागत गरी कुल ५७ वटा विद्यालय रहेका छन् । अत्यधिक गर्मीका कारण बर्दिया सँगै बाँकेका विद्यालयहरु पनि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *