खोजि गर्नुहोस..

महिलाहरुलाई अचार तथा टमाटरको सस बनाउने तालिम

जेठ २३ गते
बाँसगढी नगरपालिकाले लक्षित वर्गका महिलाहरुलाई १० दिने अचार तथा टमाटरको सस बनाउने तालिम सिकाईएको छ । बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा ४२ जना लक्षित वर्गका महिलाहरुलाई अचार तथा टमाटरको सस बनाउने तालिम सिकाईएको महिला तथा बालबालिका शाखाका प्रमुख एशोदा थापाले जानकारी दिनुभयो । मुदायमा रहेका विभिन्न प्रकृतिका महिलाहरुलाई समावेश गरी तालिम दिएर उनीहरुलाई पेशा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।

स्थानीय उत्पादन आँप, गाजर, काका्र, मुला, कागती, लसुन, काउली खुर्सानी लगाएत १२ किसिमका अचार बनाउने तालिम दिइएको प्रशिक्षक श्याम लाल खनालले बताउनुभयो । तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि कटान गर्ने तरिकाका बारेमा सिकाई भएको तालिममा सहभागी महिलाहरुले बताएका छन् । त्यस्तै गुणस्तर कायम र कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

बाँसगढी नगरपालिका वाड नं २ देखि ९ वडाका ४२ जना महिलाहरुको सहभागिता रहेको थियो । व्यावसायिक अचार बनाउने तालिमको समापनमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्कले अचार बनाउने तालिम लिएर सफल महिला उद्यमी बन्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि नगरपालिकाले सिपमूलक तालिमहरु सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेट विनियोजन गर्नु बताउनुभयो । नगर प्रमुख खड्काको अध्यक्षता र प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न गरिएको हो । बुधबार देखि वाड नं १ चेपाङमा १० दिने अचार तथा टमाटरको सस बनाउने तालिम शुरु गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *