खोजि गर्नुहोस..

बाँसगढी नगरपालिकाले ब्यवासाय दर्ता नबिकरण तथा करदाता संम्बन्धी घरदैलो अभियान

जेठ २२ गते
बाँसगढी नगरपालिकाले आम्दानीको स्रोत बढाउन ब्यवसाय दर्ता नविकरण, तथ्यांक संकलन तथा करदाता शिक्षासमेतको घरदैलो अभियान शुरु गरेको छ । सोमबाट बाँसगढी नगरपालिकाकोवाड न १ देखि ९ सम्म व्यवसाय दर्ता तथा नविकरण, तथ्यांक संकलन र करदाता शिक्षासमेतको घुम्ती सेवा कार्यक्रम गरेर नगरभित्रका व्यवसायीहरुको अभिलेख अध्यावधिक गर्न र करको दायरामा ल्याउन दर्ता तथा नवीकरण गर्न शुरु गरेको हो । नगरले व्यवसायीहरुको अभिलेख अध्यावधिक गर्न र करको दायरामा ल्याउन घुम्ति सेवा शुरु गरेको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेले बताउनु भएको छ । उहाँले असार मसान्तभित्र व्यवसाय दर्ता तथा नविकरण र तथ्यांक संकलन गरिसक्ने गरी काम अगाडी बढाएको जानकारी दिनुभयो ।

घुम्ति सेवा अभियानको उटघाटन कार्यक्रममा बाँसगढी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिब देवकोटाले आर्थिक मारमा रहेका उद्योगीलाई नगरले कर मात्र लिनु भन्दा ब्यबसायीको हकहितमा समेत काम गर्नुपर्ने बताउनुभएको छ । बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बरालले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोणलाई सुधार्नु पर्ने बताउनुभयो । अहिले व्यवसायीहरु निकै जटिल अवस्थामा पुगेकोले अहिले पनि सँधैको नजरले हेर्ने हो भने ब्यापारीहरु पलायन हुने अवस्थामा पुग्ने उहाँको भनाई थियो । विश्वमा भएको आर्थिक मन्दी अनि नेपालमापनि त्यसको मार परेकोले अहिले राज्यले करलाइ ताकेता गर्ने र व्यवसायी सँग कर तिर्ने पैसा नहुने अवस्था देखिन सक्ने तर्फ सचेत हुनुपर्नेसमेत बताउनुभयो ।

बाँसगढी नगरपालिकाका लेखा अधिकृत धन बहादुर चन्दले व्यवसायीले आफ्नो दायित्व अनुरुपको राजश्व तोकिएको समयमा तिर्ने काम गरेमा अन्य जरिवानाबाट बच्न सकिने बताउनुभयो । उहाँले पान नम्बर लिने र त्यसलाई तोकीएको समयमा अपडेट गर्ने काम पनि गर्नु पर्ने बताउनुभयो । बाँसगढी नगरपालिकाका उपप्रमुख तथा राजस्व परार्मश समितीका संयोजक इन्दिरा चौधरीले सबै ब्यवसायीको हीत हुने गरी नै नगरपालिकाले काम गर्न थालेको बताउनुभयो । उहाँले सबैलाई राम्रो हुने तर्फ नै स्थानीय तहले सोच्ने बताउँदै आफ्नो व्यवसाय दर्ता गरेर करको दायरामा आउन आम व्यवसायीको कर्तव्य भएको तर्फ सचेत गराउनु भएको थियो ।
व्यवसाय दर्ता तथा नविकरण घुम्ती सेवा कार्यक्रमको उद्घाटन कार्यक्रमको सभाअध्यक्षता नगर उपप्रमुख तथा राजस्व परार्मश समितीका संयोजक इन्दिरा चौधरीले गर्नुभएको थियो, भने कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद पौडेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य, बाािज्य संघका अध्यक्ष बद्रिनाथ बराल, निर्वतमान अध्यक्ष रामसिंह थारु, सस्थापक अध्यक्ष पुष्प बराल, बाँसगढी नगरपालिकाका विषयगत शाखाका प्रमुख, उद्योगी,ब्यावसायहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *