खोजि गर्नुहोस..

बाँसगढी नगर भित्रका किसानहरुलाई आईतबार देखी ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्ने

जेठ १३ गते
बर्दिया बाँसगढी नगरपालिकाले आईतबार देखी नगर क्षेत्र भित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ । नगरपालिकाबाट सहुलियत मूल्यमा साँवा मन्सुली र सावित्रि जातको धानको विउ वितरण गर्निे भएको हो । बाँसगढी नगरपालिकाको कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार २०७९ फागुन २६ गते नगर क्षेत्रभित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ माग सम्बन्धी सुचना प्रकाशित गरेको थियो । सोही सुचनाको आधारमा २५१ वटा कृषि सहकारी, फार्म, कृषि समुह र इच्छुक कृषकहरुले निवेदन दिएका थिए ।

निवेदन दिएकाहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गरिने कृषि विकास शाखा प्रमुख खड्काले बताउनु भयो । विउ वितरण कृषि विकास शाखा बाँसगढी, बेलवा र डेउढाकला कृषि सेवा केन्द्रबाट वितरण गरिने भएकाले निवेदन दिएका सबै कृषकहरुलाई विउ लिन कृषि शाखाले अनुरोध गरेको छ । कृषि शाखाबाट २६५ क्यून्टल धानको विउ वितरण गर्ने योजना अनुसार साँवा मन्सुली १३५ क्यून्टल र सावित्रि १३० क्यून्टल वितरण गर्ने लक्ष्य लिएको कृषि विकास शाखा बाँसगढीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *