खोजि गर्नुहोस..

लोड्सेडिङ विरुद्ध प्रदर्शन सँगै कार्यालयलाई ध्यानाकर्षण

जेठ १० गते
बिद्युत लोड्सेडिङको बिरुद्धमा बाँसगढीका नगरबासीहरुले विद्युत प्राधिकरण कार्यालय बाँसगढीलाई ध्यानाकर्षण गराइएका छन् । अनियमित लोडसेडिङ, अनियमित बिधुत कटौती, न्यून भोल्टेज र बिधुत प्राधिकरणको लापरबाहीको विरुद्धमा विद्युत प्राधिकरण कार्यालयको अगाडी गएर नगरबासीहरुले सामुहिक रुपमा ध्यानाकर्षण गराएका हुन ।

बुधबार बिहान ११ बजे गरिएको प्रदर्शन तथा ध्यानाकर्षणमा यूवा संजाल, युवा नेता, नागरिक समाजमा आवद्ध ब्याक्तित्वहरुको सहभागितामा विद्युत प्राधिकरण कार्यालय बाँसगढीलाई सामुहित रुपमा ध्यानाकर्षण पत्र समेत बुझाईएको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि विना सुचना विद्युत कटौतीले जनजीवन, उद्योग र कृषि कार्य राम्रोसंग चल्न नसकिरहेको भन्दै नोक्सानीे व्योहोर्नु पर्ने अवस्था आएको ध्यानाकर्षण पत्रमा भनिएको छ । साथै अबका ४ दिनभित्र विद्युत सप्लाईमा निरन्तरता र भोल्टेजको समस्या सामाधानमा बेवास्ता गरेमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *