खोजि गर्नुहोस..

संघिय सासद संजय कुमार गौतमले ८ औँ दिनमा आमरण अनशन तोड्नु भयो

जेठ ६ गते
संघिय सासद संजय कुमार गौतमले आज ८ औँ दिनमा आमरण अनशन तोड्नु भएको छ । यहि बैशाख ३० गते बर्दियाको गुलरीया र बारबर्दिया नगरपालिका जोड्ने जब्दी घाट पुलमुनी बिभिन्न १५ बुंदे माग सहित गौतम आमरण अनशनमा बस्नु भएको थियो । आज नेपाल सरकारको तर्फबाट भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संजय कुमार गौतमको मागलाई लिखित रुपमा प्रतिबद्धता जनाउदै जुस पिलाएर आमरण अनशन टोडाउनु भएको हो । नेपाल सरकार र गौतम बिच लिखित सहमति जिल्ला प्रशारण कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बाचन गर्नु भएको थियो । सम्झौता अनुसार बुंदाहरु यस्ता छन् ।
१.बर्दियाको गुलरीया र बारबर्दिया जोड्ने बबई नदीमा बनेको र हाल भत्कीएको स्थानमा रहेका जब्दीकाट पुलको स्थानहरु हटाउने कार्य र सडग बिभाग २०८० बैशाख २८को निर्णय अनुसार यस बर्षको मनसुन शुरु नहुदै २०८० जेठ २० गतेभित्रमा हटाई सक्ने छ ।
२.जब्दीघाट पुल भत्कीएर आवतजावतमा कठिनाई भएकोले बारबर्दिया र गुलीयालाई जोड्न प्राबिधिक रुपमा उपयुक्त स्थानमा नयाँ पुल निर्माणमा प्रक्रियागत कुराहरु पुरागरी एक महिना भित्रमा टेण्डरको सूचना निकाल्ने ।
३.राज्य गौरवको रुपमा रहेको बबई सिचाई आयोजनाको बाँकी कार्य निर्धारीत समय भित्र सम्पन्न गर्न आवश्यक बजेटको ब्यवस्था मिलाउने ।
४.बबई,कर्णाली,ओराली,बतास र मानखोला लगायत नदी कटान तथा डुबान नियन्त्रण गर्नका लागि तट्बन्धनको बाँकी कार्य पुरा गर्न आवश्यक बजेटको बिनियोजन गर्ने ।
५.बर्दिया जिल्लाको भुरीगाँउ,नेपालगंन्ज, सुर्खेत हुदै कर्णाली जोड्ने ताराताल देखि राराताल जोड्ने सन्दर्भ सम्मानिक अदालतको आदेश प्रस्तुत नहुने र प्रदेश सरकार मार्फत हुने कार्यमा दोहोरो कर नुहनेगरी आगामि आर्थिक बर्ष प्राथमिकताका साथ कार्य अगाडी बढाउने ।
६.नेपाल भारत बांणिज्य संन्धी अनुसार गुलरीया मुर्तिह नाका यथाशिघ्रा स्थापनागरी संन्चालन गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने ।
७.बाढी पिडित तथा आगलागि जन्य बिपद् बाट पिडित ब्यक्तिहरुलाई राष्ट्रिय जोखिम तथा बिपद् प्राबिधिकरणबाट स्बीकृत कार्यबिधि बमोजिम पुन निर्माण तथा पुन स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाउने ।
८.२०७२ सालको बाढी पिडितहरुको आवास पुन निर्माणको लागि भएको निर्णय कार्यान्वय गराउने ।
९.राष्ट्रिय निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक बन एबं खाता जैबिक मार्ग आसपासका क्षेत्रहरुमा मावन बन्यजन्तु द्धन्द कम गर्न तथा बन्यतुन्तु बाट हुने मानबिय तथा बैज्ञानिक उपाय एंब घरगोठमा हुने क्षतिको,क्षेतिपुर्तीको सामुहिक बिमा वा अन्य उपयुक्त कार्यक्रम सन्चालन गरेर यसै आर्थिक बर्षबाट बजेट बिनियोजन गर्ने ।
१०.सक्तीघाट पुलको संरक्षणको लागि आवश्यक ब्यास्ता मिलाउने,कर्णालीको पानी चिसापानी भन्दा तलबाट गेरुवा र तोरीयाल नदीमा न्यायचित बितरणका लागि अध्यायन गरी कार्यान्वयन गर्ने ।
११.र उल्लेखेति बाहेकका अन्य मागहरु कपास बिकास समिति गठन गरी त्यहाँका किसानहरुलाई मुल सरह्रको हैसित दिने, बर्दिया जिल्लामा पोलिटेक्निकल बिद्यालय खोल्ने, अब्यवस्थित सुकुम्बासी, भुमिहिन तथा मुक्तकमैयाहरुको समस्या समाधान गर्ने , किसानहरुलाई कृषिको मल र बिउबिजन समयमा उपलब्ध गर्ने , बेमौसामी बर्षातले गरेको बालीनालीको क्षतिपुर्ती दिने र सुशासन कार्य गर्दै लगायतको सम्बन्धमा संम्बन्धीत बिषयको मन्त्रलयहरु तथा निकायहरुबाट प्राथमिकतामा राखी अध्यायन तथा क्रमश कार्यान्वयको ब्यवस्था मिलाउने सम्झौता भएको छ ।


हाम्रो बर्दिया बचाऔँ,सम्मुनत बनाऔँ भन्ने अभियानका साथ बैशाख ३१ गते देखि बसेको आमरण अनशन कार्यक्रममा संघिय तथा प्रदेश संसदहरु, बिभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका स्थानीय नेता तथा कार्यकर्ता,सुभेक्षुक, शुभचिन्तक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पत्रकारहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *