खोजि गर्नुहोस..

घरको भवनमा बस्ने व्यापारीको भाडामा १० प्रतिशत छुट दिने

बाँसगढी उद्योग वाणिज्य संघको भवनमा भाडामा बस्दै आएका व्यापारीहरुको भाडामा १० प्रतिशत छुट दिने भएको छ । शनिबार बसेको संघको बैठकले आफनो भवनमा व्यापार व्यवसाय गर्न बसेका व्यापारीहरुबाट मासिक रुपमा लिई आएको भाडामा १० प्रतिशत भाडा घटाउने निर्णय गरिएको बाँसगढी उद्योग वाणिज्य संघका महासचिव विकास गौतमले जानकारी दिनुभयो ।

आर्थिक मन्दीका कारण व्यापारीहरु समस्यामा परिरहेको बेला आहातमा राहत दिन भाडा घटाउने निर्णय गरिएको बाँसगढी उद्योग वाणिज्य सँघले जनाएको छ । साथै अहिलेको भिषम परिस्थितिमा सबै व्यापारीहरु समस्यामा परेकाले बाँसगढी नगरका सबै घर धनीहरुलाई भाडा घटाई सहयोग गरिदिन समेत बाँसगढी उद्योग वाणिज्य संघले विज्ञेप्ती मार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *