बैशाख २२ गते
बाँसगढी नगरपालिका वडा नं ८ भैसासुरमा रहेको दाजुभाई बाख्रापालन फर्मको आज अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षि बिकास मन्त्रालय अन्र्तगत नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको ५० प्रतिशत पुरक अनुदान र दाजुभाई बाख्रापालन फर्मको ५० प्रतिशत लागत रकम मध्य २० प्रतिशत स्वंयम आफ्नै लगानी रकम र ३० प्रतिशत बैंक तथा बित्तिय संस्थाको ऋण द्धारा संञ्चालनमा रहेको उत्पादन मुलक गठबन्धनमा आधारीत उप आयोजना मासु तथा प्रजनन्का लागि खसी बोका तथा पाठापाठी उत्पादन को द्धिपक्षिय सम्झौताको सम्पुर्ण प्रक्रिया पुरा गरेर आज अन्तिम सार्वजनिक सुनुवाई गरीएको हो ।
सार्वजनिक सुनुवाई कार्यत्रममा दाजुभाई बाख्रापालन फर्मका मोहन लाल खत्रीले उप आयोजनाको कुल रकम ४० लाख १२ हजार १९३ रुपैँया मध्य दाजुभाई बाख्रापालन फर्मको स्वलागनी ८ लाख,१८ हजार ९०३ रुपैँया र बैंकको ऋण ११ लाख, ८६ हजार ४१७ रुपैँया लागतमा उप आयोजना सम्पन्न भएको दाजुभाई बाख्रापालन फर्मका संञ्चालक मोहन लाल खत्रीले बताउनु भयो । उहाँका अनुसार भौतिक संरचना निर्माणमा १८ लाख ३ हजार १३७ रुपैँया, सुधारीएको गोठमा १५ लाख, दुई हजार, ७३५ रुपैँया, कम्पोष्ट पिडमा९७ हजार ३५३ रुपैँया, आहार भण्डार कक्षा निर्माणमा २ लाख ६ हजार ६६३ रुपैँया, उन्नत बाख्रा खरीदमा ९ लाख रुपैँया, उन्नत बोका खरिदमा १लाख ८० हजार लागेको बताउनु भयो । त्यस्तै मेशेनरी तथा उपकरणमा दुई लाख ७० हजार, दाना खरिदमा ३ लाख ६६ हजार २९४ रुपैँया र ३ जना कर्मचारीको तवलमा ९० हजार खर्च भएको फर्म सन्चालक खत्रीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसानबाट बोल्दै बाँसगढी वडा नं ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमलले दाजुभाई बाख्रा पालक फर्मका संन्चालक लाई धन्यवाद दिदैँ अव आउने दिनमा बाख्राहरुको पालन पोषणमा ध्यान दिन सुझाव दिनु भयो । त्यसैगरी सलिको बिमा कम्पनीका क्षेत्रीय प्रबन्धक गोबिन्द प्रसाद उपध्याय, साना किसान डेउढाकला साखाका अध्यक्ष देबिसर जैसी, अखिल किसान महासंघ बाँसगढीका अध्यक्ष कासीराम पौडेल लगायतले आफ्नो भनाईहरु राख्नु भएको थियो । बल बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि,राजनितिक दल, नागरीक समाजका अगुवा तथा गाँउबासी र संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । भने गायत्री बाख्रा फर्मका संन्चालक उमकान्त चापागाईले कार्यक्रम संन्चलन गनुृ भएको थियो ।