खोजि गर्नुहोस..

लक्षमणपुर गाउँलाई पूर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा

बिन्दु चौधरी

बर्दियाको बाँसगढी नगरपालिका वाड नं ४ र ५ को लक्षमणपुर गाउँलाई पूर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी पूर्ण स्वस्थकर ब्यवहार उन्मुखका लागि सरसफाईका १२ वटा सूचकहरु पुरा गरेपछि १०५ घरधुरी भएको लक्षमणपुर गाउँलाई पूर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख धनश्याम केसीले बताउनुभयो । स्वास्थ्य शाखाका प्रमुख केसीले सरसफाईका सूचकहरु प्रस्तुत गर्दै फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले सरसफाईमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले टोललाई सफा र स्वच्छ टोल राख्न सबै समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रममा सम्बोधन गर्नुहुर्दै बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले लक्षमणपुर गाउँवासी लगायत पूर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्याबाद तथा सुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँले लक्षमणपुरबासीले टोल सरसफाई मात्र नभएर गाउँलाई नै आर्यआर्जनसंग जोड्न तथा स्वरोजगार सिर्जना गर्ने खालका कामहरु गर्दै आएकाले प्रशंसा गर्नुभएको थियो । नगर प्रमुख खड्काले आफनो नगरलाई पुर्ण सरसफाई युक्त नगर घोषणा मात्र नभई आफुले नगरकै समग्र विकास गर्न चाहेको वताउनुभयो ।

यसका लागि सवैसंग समन्वय र सहकार्य गरेर जाने खड्काले प्रतिवद्धता व्यक्त गनुभएको थियो । लक्षमणपुर गाउँका बरघर रतिराम थारुको अध्यक्षतामा भएको पूर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा कार्यक्रममा लक्षमणपुर गाउँलाई विगत १० वर्ष अगाडीदेखि गाउँ सरसफाई अभियान थालेको र आज आएर नगरकै पहिलो गाउँलाई नै पुर्ण सरसफाई टोल घोषणा गर्न सफल भएको गाउँका समाजसेवि तथा नेरा मावि लक्षणपुरका शिक्षक फगुवा थारुले बताउनुभयो । बाँसगढी नगरपालिकाको सहयोग, वडा नं ४ र ५ को समन्वय तथा लक्ष्मणपुर गाँउको आयोजनामा पूर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बाजागाजासहित र्याली झाँकी समेत प्रर्दशन गरिएको थियो । कार्यक्रमको संचालन मोतिपुर स्वास्थ्य चौकीका सिनियर अनमी जानकी गिरीले गर्नुुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *